सहिमाले ल्याइन् वर्षकै उत्कृष्ट, मौलिक तीज गीत

म्यूजिक खबर
प्रकाशित: १२ श्रावण २०७४, बिहीबार

साउन १३, काठमाडौं । हिन्दु नेपाली नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गरेर यतिबेला तिजका गीतहरु धमाधम सार्वजनिक भइरहेका छन् । लोकप्रिय गायिका सहिमा श्रेष्ठले ‘आमाले पकाको दर खाने हो’ बोलको जति सुन्यो उति सुनौं र नाचौं लाग्ने मौलिक तीज गीत सार्वजनिक गरेकी छिन् ।

sahima shrestha
सुमधुर स्वरकी धनी सहिमाले गाएको छमछमी नचाउन सक्ने क्षमताकोे उक्त गीतमा उनै सहिमाले नै कम्मर मर्काएकी छिन् । गीतमा तारा पकाश लिम्बुको शब्द तथा संगित रहेको छ भने । सुरेश श्रेष्ठले खिचेको उक्त भिडियोमा स्मृति तिमल्सिनाले कोरियोग्राफर गरेकी हुन् ।

गीतमा एउटी विवाहित महिलाले आमाले पकाएको दर खाने देखि लिएर साथी संगी सँग भेट भएर रमाइलो गर्नेसम्मको कुराहरु कल्पना गरिएको र आफ्नो श्रीमान्सँग उत्साहित हुँदै माइती जानलाई अनुरोध गरिएको कथा बुनिएको छ ।

बसुन्धरा स्थित इन्द्रेणी पार्टी प्यालेसमा गीतको सुटिङ गरिएको हो । मनछुने, मौलिक संस्कृतिमा आधारित उक्त गीत यतिबेला गायिका सहिमाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

हेरौं उत्कृष्ट तीज गीत :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु