सांगीतिक क्षेत्रमा पासाङको आगमन

म्यूजिक खबर
प्रकाशित: १८ कार्तिक २०७२, बुधबार

काठमाडौं । गीतकार पासाङ तामाङले मर्मस्पर्शी गीतहरुलाई समेटेर नयाँ एल्बम ‘तिम्रो यादमा’ लिएर आउँदैछन् । प्रवासमा रहँदा कसैको याद र सम्झनालाई भुल्न नसकिने रहेछ, त्यही मिठो सम्झनाको तरेलीहरुलाई पासाङले गीतको भावमा पोख्दा पोख्दै नयाँ एल्बम नै तयार पारेका छन् ।
पासाङको एकल शब्द रचना रहेको गीतमा गायक तथा संगीतकार मनिपाल राईको एकल संगीत रहेको छ । एल्बमका गीतहरुमा अन्जु पन्त, प्रमोद खरेल, मनिपाल राई र सुनिता पन्तको स्वर समावेश गरिएको छ । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत कहिले तिमीलाई… को कोरियामा म्यूजिक भिडियो तयार पारिएको छ । मोडल सुरेश कौशल र बेबिना अधिकारीको अभिनय रहेको यस गीतको म्यूजिक भिडियोको सम्पूर्ण कार्य कोरियामा नै गरिएको हो । एल्बमका बाँकी गीतहरु भने मलेसियाको रमणीय दृश्यहरुमा छायाँकन गर्ने गीतकार पासाङले बताएका छन् । गीतहरुमा प्राय गरेर माया प्रेमबीचको मिलन बिछोड र सम्झनाका क्षणहरुलाई नै केन्द्रित गरिएको छ ।

pasang

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु