सुनिताले गरिन् समाजसेवा । मृगौला पीडितका लागि दुई लाख ४० हजार दिइन्

म्यूजिक खबर
प्रकाशित: २३ फाल्गुन २०७०, शुक्रबार

काठमाडौं, २३ फागुन । गायिका सुनिता दुलाल आजभोलि समाजसेवामा सक्रिय भएकी छन् । सिन्धुपल्चोक, जलबिरे ४ का २६ वर्षीय युवा सुमन श्रेष्ठको दुवै मृगौलाले काम नगर्ने भएका कारण उनको उपचारार्थ गायिका दुलालले सहयोग जुटाएकी हुन् । राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले आफ्ना फेसबुक फ्रेन्ड, फ्यान र आफन्तबाट जुटाएको रकम २ लाख ४० हजार रुपैया“ मृगौला पीडित सुमनलाई हस्तान्तरण गरेकी हुन् ।
आर्थिक अवस्था कमजोर भएर दुवै मृगौलाले काम गर्न छाडेको अवस्थामा पुगेका सुमनका लागि सुनिताले सहयोग जुटाएर उनको मृगौला प्रत्यारोपणका लागि सघाएकी हुन् । दशवर्È अघि मिर्गौला प्रत्यारोपण गरेका सुमनको अहिले दुबै मिर्गौलाले काम गर्न छोडेकोले पुन ः प्रत्यारोपण गर्नुपर्ने भएको हो । कार्यक्रममा पीडित सुमन र उनका वुवा अमृतदास श्रेष्ठले सुनिता जस्ता सहृदयीले देखाएको सद्भावका कारण मिर्गाैला ट्रान्सप्लान्ट हुने आशा जागेको बताए । सुनिताले केही महिनाअघिदेखि आफ्नो फ्यान पेज, फेसबुक र सामाजिक सञ्जालहरुको प्रयोग गर्दै सुमनको उपचारका लागि सहयोगका हातहरु फैलाएकी थिइन् ।

sunita-dulal-social-work (4)
पछिल्लो समय चर्चामा रहेकी गायिका सुनिताले आफू भविष्यमा बृद्धाश्रम खोलेर सामाजिक सेवामा लाग्ने सोच बनाइरहेको बेलामा दुवै मृगौला फेल भएका भाइ सुमनको उपचारका लागि रकम जुटाउन पाएको खुशी प्रकट गरिन् । उनले कार्यक्रममा भनिन् ः म जम्ममा भएको रकम सुटुक्कै हस्तान्तरण गर्न सक्थें तर पत्रकार सम्मेलन गरेर यो कार्यक्रम गर्दा पारदर्शी पनि हुने अरु सहयोगी हातहरु पनि अघि बढ्ने भएका कारण कार्यक्रमको आयोजना गरेको बताएकी छन् । मृगौला पीडित सुमनलाई सहयोग गर्न चाहने उनका वुवा अमृतदासको मोबाइल नम्बर ९८४९७५०७५१मा सम्पर्क गर्न सक्नेछन् ।

सुमनका लागि सहयोग गर्ने दाताहरु (रुपैयाँमा)
सूर्य गुरुङ यूके, १०,०००
विरबहादुर तामाङ, युके १०,०००
हुम गुरुङ, युके १०,०००
एक्स्पेर्ट एडुकसन एण्ड भिसा सर्भिस अष्ट्रेलिया २७,४५०
गणेश खड्का अष्टे«लिया ४,५७५
भुपेन्द्र सिलवाल अष्ट्रेलिया १०,०६५
भुपेन्द्रस् फ्रेन्डस् अष्टे«लिया १२, ८१०
प्रवीन पन्त, युएसए १०,०००
चित्र श्रेष्ठ युएसए १०,०००
गितु पौडेल, इजरायल ८,०००
श्रीशा दुलाल युएसए १०,०००
बन्दना बस्नेत इजरायल १०,०००
सागर ओझा, कतार ९कतारमा रहेका विभिन्न ब्यक्तिबाट संकलन गरी० ५९,०००
कुमार थापा युएइ १३,३६५
शन्तोष थापा युएइ ५,४००
विनोद थापा युएइ ५,५३५
बद्री केसी युएइ २,७००
शान्ता बस्नेत नेपाल १,१००
सुवर्ण दुलाल नेपाल १०,०००
सुनिता दुलाल नेपाल १०,०००
जम्मा २४०,०००

sunita-dulal-social-work (3)

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु