सुप्रियाले विहे गरिन् । हेरेको हेरै भए समन

म्यूजिक खबर
प्रकाशित: १४ बैशाख २०७१, आईतवार

काठमाडौं, १३ बैशाख । पछिल्लो समय निर्देशक समन अधिकारीको छत्रछायाँमा रमाइरहेकी मोडल सुप्रिया कटवालले विहे गरेकी छिन् । उमेर पुगेपछि विवाह गरिहाल्नुपर्छ भनेरै होला सुप्रियाले राम्रो केटो खोजेर मन्दिरमा गएर स्वयम्बर गरेकी छन् । उनले विहे गरेको केटा भने पल शाह हुन् । पल शाह पनि मोडलिङमा रमाइरहेका बेला पेशा मिल्ने केटी सुप्रियासँग लगनगाँठो कस्न पाउँदा निकै खुशी छन् ।
सुप्रिया कटवाल पछिल्लो समयमा व्यस्त मोडलको रुपमा चिनिन्छन् । निर्देशक समन अधिकारीको म्यूजिक भिडियोहरुमा धेरैजसो छाउने गरेकी सुप्रियाले विहे गरेको भने म्यूजिक भिडियोमा नै हो । हेमन्त परदेशीको शब्द, ओमप्रकाश राईको संगीतमा र स्वरुपराज आचार्यको स्वर रहेको आधा बाटो–२ एल्बमको हिंड्दाहिंड्दै दोबाटोमा उनीहरुले विहे गरेका हुन् । यस म्यूजिक भिडियोमा पाउल र सुप्रियाका अलावा रिमेश अधिकारीको पनि अभिनय रहेको छ । भारतको ताजमहल, इन्डिया गेट, अकबर दरबार जस्ता रमणीय ठाउँमा छायाँकन गरिएको यस म्यूजिक भिडियोलाई हरि हुमागाईंले खिचेका हुन् । निशान घिमिरेको सम्पादनमा तयार भइरहेको यो म्यूजिक भिडियोमा समन अधिकारीको निर्देशन रहेको छ ।
sy

 

supriya marrige

 

 

supriya marrige1

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु