सुप्रिया, सरिना र रिमा खेलाउँदै समन

म्यूजिक खबर
प्रकाशित: १२ पुष २०७०, शुक्रबार

काठमाडौं, १३ पुस । समन अधिकारी म्यूजिक भिडियोका किङ नै मानिन्छन् । तर यिनको सौख पनि नयाँ नयाँ मोडल भित्र्यारहनु हो भन्दा फरक पर्दैन । तर यिनले जुन मोडल यस क्षेत्रमा ल्याउँछन् उसको भाग्य पनि चम्किहाल्छ । भर्खरै यिनले सुप्रिया, सरिना र रिमालाई एकैसाथ खेलाउन सफल भएका छन् । अर्थात् यिनले यी तीन मोडललाई फरक फरक गीतमै भए पनि एकै समयमा म्यूजिक भिडियोमा खेलाउन सफल भएका हुन् ।
पूर्वको रमणिय लोकेशनमा छाँयाकन गरि रेस्क्यू क्रियसनको टोली काठमाडौं फर्किएको छ । पूर्वको कोशी ब्यारेज, सुनसरीको श्रीपुर, हरिपुर गाविस, धनकुटाको भेडेटार, धरानको बुढासुब्बा, दन्तकाली , इटहरीको बुढीगंगा घाट, मोरङको बेतना सिमसार, हरैचामोड, बिराटचौक, झापाको दमक, तोपगाछीको नर्सरी, सतासीधाम, माइधार र गैडेंमा छाँयाकन गरियो ।
मिलन अमात्य, राजशुक्र लिम्बु, श्याम लिम्बु, साजन राई, सुमी राई लगायतका गायक गायिकाका स्वर रहेका ६ वटा गीतहरुको छायाँकन सम्पन्न ।
सविन श्रेष्ठ, रिमा विश्वकर्मा, सुप्रिया कटवाल, सविन तुम्बाहाम्फे, सरिना तामाङ र स्थानीय मोडल साजिद आलम का अलावा जंगली म्यानमा रुपमा दमकका भवानी अधिकारीले अभिनय गरेका छन् ।
हरि हुमागाइँको छायाँकन रहेका सवै गीतको म्यूजिक भिडियोको निर्देशन समन अधिकारीको रहेको छ । आफ्नो गृह जिल्लामा छाँयाकन गर्दा स्थानीय स्तरमा गरेका माया र सहयोगले निर्देशकको खुसीको सिमा छैन् । १५ जनाको जम्बो टोली लिएर गएका समनले ८ दिन पूर्वमा छायाँकन गरेका थिए । यी सबै भिडियोहरुको प्रिमियर शो माघमा दमकमा गरिने छ ।

s3

Group

Sabin sarina

Su1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु