स्टाइलिस्ट गागा

म्यूजिक खबर
प्रकाशित: ७ कार्तिक २०७०, बिहीबार

लस एन्जलस, (एजेन्सी) । स्टाइलिस्ट होस् वा फेसनेबल, पछिल्लो समय हलिउड सेलिब्रेटीबीच देखिएको प्रतिस्पर्धा यही हो । अभिनेत्री र सुपर मोडलको त कुरै छाडाँै, अहिले गायिकासमेत स्टाइलिस्ट बन्ने प्रतिस्पर्धा चलिरहेको छ ।
तर, जब स्टाइलको कुरा आउँछ, तब पप स्टार लेडी गागाले सबैलाई माथ खुवाउने गर्छिन् । स्टाइल त गागाका लागि ‘ट्रेडमार्क’ बनिसकेको छ । उनी सधैँ नयाँ र फरक–फरक शैलीको स्टाइल गर्छिन् । त्यसैले अन्य हलिउडे स्टारहरू गागासँग ‘स्टाइल’ प्रतिस्पर्धा गर्न सकिँदैन भन्दै पन्छिन थालेका छन् ।
यस्तै, गागा अहिले आफ्नो नयाँ स्टाइलका कारण चर्चामा छिन् । अंगप्रदर्शनमा कति पनि कन्जुस्याइँ नगर्ने गागाले आफ्नो आगामी एल्बम ‘डु ह्वाट यु वान्ट’ को प्रोमोसनका दौरान स्टाइलिस्ट फोटोसुट गरेकी छन्, जसमा उनी पूर्र्णतया नग्न छिन् ।
गागाले आफ्नो शरीर घाँस र पातपतिंगरले मात्र छोपेर फोटोसुट गरेकी छन्, जसलाई उनले ट्विटरमार्फत सेयर गरेकी छन् । आफ्नो प्रशंसक तथा शुभचिन्तकका लागि भनेर ती फोटो सामाजिक सञ्जाल ट्विटरमा सेयर गरेको गागाले बताएकी छन् । तर, ती फोटोमा अनेक किसिमका कमेन्ट आउन थालेका छन् । एक जनाले पातले मात्र छोपेको गागाको शरीर देखेर कमेन्ट लेखेका छन्, ‘बरु पातले पनि नछोपेको भए हुन्थ्यो नि !’ त्यस्तै म्याक्स नामका एक गागाका शुभचिन्तकले कमेन्ट गरेका छन्, ‘सकिएन गागासँग । स्टाइलको दुनियाँमा तिमीले सबैलाई माथ खुवायौ ।’ यतिखेर गागाको फोटोसुटले हलिउडमा राम्रै चर्चा पाइरहेको छ । तर, हामी चाहन्छौँ, फोटोले जस्तै गागाको नयाँ एल्बम ‘डु ह्वाट यु वान्ट’ले पनि चर्चा बटुल्न सफल होस्, अग्रिम शुभकामना स्टाइलिस्ट गागालाई ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु