स्वरुपराजको गीतमा प्रज्वलको अभिनय (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १९ मंसिर २०७३, आईतवार

rup-ki-rani_video-4

काठमाडौं, १९ मङ्सिर । गायक स्वरुपराज आचार्यको स्वरको रोमान्टिक मेलाडियस गीत ‘रुपकी रानी…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक आचार्य तथा गीतकार उत्तम भौकाजीको एल्बम ‘मनमोहिनी’ मा समावेश गरिएको यो गीतको भिडियोको छायांकन अमेरिकामा गरिएको छ । भिडियोमा प्रज्वल गजुरेल तथा दिव्याले अभिनय गरेका छन् । यो गीतमा उत्तम भौकाजीको शब्द तथा स्वरुपराज आचार्यकै संगीत निर्देशन छ । गोपाल रसाइली यो गीतका संगीत संयोजक हुन् । टेलिभिजनकर्मी नवराज आचार्य यो भिडियोका निर्देशक हुन् हुन् शम्भु मोक्तान यो भिडियोका छायांकार हुन् । सुवास अर्यालले यो भिडियो सम्पादन गरेका छन् ।

अमेरिकाका आकर्षक लोकेशनहरु कैद गरिएको यही भिडियोबाट प्रज्वलले अभिनयमा डेब्यू गरेका हुन् । करिव सात वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका २६ वर्षीय प्रज्वल गजुरेलले यही भिडियोमार्फत अभिनयमा सक्रिय हुने संकेत गरेका छन् । युवा इन्टरप्रेनरको रुपमा स्थापित प्रज्वल अमेरिकामा आफ्नै व्यवसायमा सक्रिय छन् । व्यवसायबाहेक उनी कलाकारिता क्षेत्रमा समेत करियर बनाउन इच्छुक छन् । त्यही क्रममा प्रज्वलले आफ्नो जीवनकै पहिलो म्युजिक भिडियोका लागि गायक स्वरुपराज आचार्यको गीतलाई छनोट गरेका हुन् । पहिलो भिडियोको अभिनयबाटै प्रसंसा पाएका प्रज्वल भविष्यमा यही क्षेत्रमा सक्रिय हुन उत्साहित भएका छन् । भिडियोमा स्थापित भएपछि नेपाली चलचित्रमा आउने प्रज्वलका चाहाना छ ।

यस्तो छ भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु