‘हर मान्छे बनोस् बुद्ध’-कविता

म्यूजिक खबर
प्रकाशित: १५ फाल्गुन २०७४, मंगलवार

पछिल्लो केहि दिन यता सिरियामा भएको हृद्धयविदारक घटनाले हामी सबैको मनलाई उथल पुथल बनाइदियो । सामाजिक सञ्जालमा पोष्ट भएका मानवता नै हराइरहेको भान दिने विभिन्न तस्बिर तथा भिडियोले थप आतंकीत र विक्षिप्त बनाइदियो । यहि घटनाबाट विक्षिप्त भएर संगीतकार विपिन आचार्यले निकै मन छुने कविता लेखेका छन् ।
कविता यस्तो छ पढ्न सक्नुहुनेछ ।

 हर मान्छे बनोस् बुद्ध

कुनै धर्म नहोस कुनै मन्दिर नहोस्
म कल्पना गर्छु तर मान्छे बननु देउता
कुनै जाती नहोस, कुनै देश नहोस-
म कल्पना गर्छु यो ब्रम्हाण्ड नै एउटा

म जन्मिदा न हिन्दु, न मुस्लिम न त इसाई
त्यो अबोध बालक पनि आज जन्मियो रे
अरु पनि कयौं जन्मिदैछन् रे
गएर सोध्न मन लाग्छ तिमीले कुन धर्म मान्छौ भनेर
कति आमा बस्दा हुन त्यो अबोधको आयु औंलामा गनेर

फेरि पनि पड्कियो डङ्ग, उ पड्कियो उता पनि
भागेर जनु कता, धराप छ जता पनि
मान्छेको जिन्दगी अमुल्य, मुला सरी काटिन्छ
फगत एउटा स्वार्थको लागि मानवता नै साटिन्छ

एउटा अबोध बालक, उसलाई आउँछ त केवल दुध चुस्न
बन्दुक चिन्दैन उसले
कस्तो मन होला म त कल्पना गर्न नै सक्दिन, बढाउँछन हात उसलाई लुछ्न
कुनै स्वार्थ नहोस, कुनै अनर्थ नहोस
म कल्पना गर्छु सबैको मन होस शुद्ध
कुनै डर नहोस, कनै त्रास नहोस
म कल्पना गर्छु, हर मान्छे बनोस बुद्ध

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु