म्यूजिक भिडियोमा ‘हाम्रो प्यारो अर्घाखाँची’

म्यूजिक खबर
प्रकाशित: १५ पुष २०७३, शुक्रबार

पौष, १५ काठमाण्डौ । अर्घाखाँची जिल्लामा जन्मिएर बिगत लामो समय देखी कलाकारीता क्षेत्रमा रहि बिशेषतः लोक दोहोरी गितलाई प्राथमिकतामा राखि गितहरु गर्देै आईरहेका गायक गायिका बिश्वास नेपाल, वसन्त लम्साल, जमुना सनम, कल्पना श्रिपालको स्वरमा यसपाली आफु जन्मिएको जिल्लालाई समेटी त्यहाँका कला संस्कृती रिति रिवाज र त्यहाँका पर्यटकीय, धार्मिक क्षेत्रलाई अर्घादरबार फिल्मस प्रा.ली को प्रस्तुतिमा “ हाम्रो प्यारो अर्घाखाँची” गिती एल्बमको भिडियो सर्वजनिक भएको छ ।argakhachiवसन्त लम्साल र बिश्वास नेपालको शब्द र वसन्त लम्सालको लयमा तयार परेको गित हाम्रो प्यारो अर्घाखाची,अर्घाखाचीको शान पर्यटकिय सम्मान जिल्ला लाई पर्यटकिय स्थल बनाउन र अर्घाखाचीलाई चिनाउन गरिएको यो अभियानमा जिल्लाका थुप्रै पर्यटकिय स्थानहरु सुपा देउराली अर्घाको दरबार, खाँची मैदान, मथुरा बेसी, बल्कोट पौवा , खिदिमको साततले गुफा, फुदवाङ , खन को जालकाडा , पृथ्बी नारायण शाह को मावली डिहिडाडा श्रि चन्द्र प्रभा उ.मा.बि. त्यसै गरि पाली को कमला उ.मा.बि. , ठाडाको डमरु दह , नरपानी चुन ढुङगा , थुप्रै ठाउमा गई छायाङ्कन गरेको गितमा अर्घाखाची कै कलाकार शितल के.सी , सुरुची रायमाझी , बाबुराम भुषाल , बबिन नेपाल , यबराज थापा , सहयोगी बि.सी., राजु खड्का लगायतको अभिनय रहेको छ ।

यस गितले अर्घाखाँची जिल्लालाई स्वदेश तथा बिदेशमा प्रचार-प्रसार गरी जिल्लालाई नै माथी उठाउन सहयोग गर्ने छ ।

म्यूजिक भिडियोमा ‘हाम्रो प्यारो अर्घाखाँची’ यस्तो छ:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु