‘हिट भएँ सुको आएन’: भरत सिटौला

म्यूजिक खबर
प्रकाशित: २२ माघ २०७३, शनिबार

माघ २२, काठमाण्डौ । ५० को दशक नेपाली सांगीतिक क्षेत्रमा पप गायनको स्वर्णिम युगका रुपमा परिचित बनेको थियो । जतिबेला हरिश माथेमा, नविन के. भट्टराई, दिपेशकिशोर भट्टराई, निमा रुम्बाका गीतहरु हिट भइरहेका थिए सोही बेला उनीहरुको गीतको म फ्यान थिएँ । ५० सालदेखि ६० को अवधिमा पप गीतले बजार कब्जा गरेको अवस्था थियो । पपको एकछत्र भइरहेको बेला म पनि पप गीतहरुको राम्रो स्रोता बनेको थिएँ । पप गायनलाई शहरीया बनेर आरोप लाग्ने गथ्र्यो । सामाजिक रुपमा पप गाउनेलाई एसेप्ट गर्ने चलन थिएन । संकुचित थियो तर छोरा छोरी बिग्रिएर ड्रगतिर लाग्नुभन्दा पप गायनतिरै लागेको राम्रो भन्ने परिवार पनि थिए । शहरियाको छाप छोडेको पप गायनकै यात्रामा म पनि सुदूरपूर्वको झापाबाट प्रवेश गरेको थिएँ ।_MG_2664जतिबेला पप गायन सर्वत्र भइरहेको थियो अहिले भने त्यस्तो छैन । सायद म भाग्यमानी गायक हुँ किनकी स्टारडमको स्वाद चाख्ने अन्तिम पुस्ता भएँ कि ! ६० सालतिर मैले पनि ‘ओ बोलन’ गीतबाट गायन यात्रा सुरु गरेको थियो । जुन एउटा गीत गर्दागर्दै एल्बम नै तयारी भएको थियो । तत्कालिन समय म घट्टेकुलो बस्थें, गीत बजारमा ल्याउनका लागि धेरै कम्पनी चाहरेको याद ताजै छ । म्यूजिक डटकम, स्याब, ताल, इन्द्रेणी, रञ्जना, धौलागिरी जस्ता धेरै कम्पनीमा धाइसकेको थिएँ । सबै कम्पनीबाट रिजेक्टेड भइसकेपछि मेरो विकल्पमा म्यूजिक नेपाल र एसएस हिसारिया कम्पनी मात्र बाँकी थिए । म्यूजिक नेपाल हाम्रो पहुँचमा थिएन जस्तो लाग्थ्यो अब हिसारियामा जाने अन्तिम सोचमा थिएँ । सोही समयमा स्टुडियोमा जाने आउने गर्दा बनेको साथी रामचन्द्र काफ्लेको लाठीचार्ज चलेको अवस्था थियो । एकदिन रामचन्द्रले रिवेल क्रियशनका गगन प्रधानसँग भेटाउँछु, नयाँ कम्पनी छ भन्यो । त्यतिबेला हामी कम्पनीको नामसँग म्यूजिक जोडेर आउनेले मात्र बजार व्यवस्थापन गर्छन् भन्ने लाग्थ्यो । त्यो क्रियशन भनेको के हो जस्तो लागिरहेको थियो । तर रिवेलले आफ्नो सुरुवातमा चकलेट सुपारी भन्ने दोहोरी बजारमा ल्याएको थियो । उक्त कम्पनीसँग लोक, आधुनिक सबै विधाको लिस्ट भए पनि पपको नभएका कारण रामचन्द्रले मलाई गगन दाइसँग भेट गरायो ।_MG_2740मेरो एल्बमको निर्माता भने गीतकार रमेश अधिकारी हुनुहुन्थ्यो । उहाँले किस्ता किस्ता गरेर भए पनि गीत निकाल्न खर्च दिनुभएको थियो । गगन दाइसँग भेट्न जाँदा मैले आफैंले सुन्ने गरेको एउटा मास्टर सिडी पुरानो भइसकेको थियो त्यही लिएर गएको थिएँ । प्रत्येक कम्पनीमा दुई सयका दरले सिडी बनाउँदै छोड्दै गर्दा मन मरिसकेको थियो । तर गगन दाइले गीत सुनेपछि मलाई इन्स्पायर गर्नुभयो र भन्नुभयो कतिमा बेच्छौं एल्बम ? मैले लागेको खर्च ५०–५५ हो भनेँ । पहिलो कुरा त कम्पनीको कुनै पनि मालिकसँग त्यसरी भेटेर कुरा गर्ने मौका नै मिलेको थिएन भने दोस्रो गीत मात्रै बजारमा निकालेर एफएम, रेडियोमा बजिदिए मात्र हुन्थ्यो भन्ने भएको थियो । तर उहाँले एल्बम नै किनिदिने भएपछि उहाँजस्तो संगीतको पूजारी कोही पनि रहेनछ जस्तो लाग्यो ।_MG_2668गीतकार रमेश अधिकारीसँग पनि गीत रेकर्डकै क्रममा भेट भएको थियो । उहाँले लगानी गरिदिनुभयो, केही त क्रेडिट नै थियो । जेम्स प्रधान र सुनिल बर्देवाले एरेन्ज गरेपछि गीत हिट हुन्छ भन्ने सुन्थें त्यसैले जेम्स दाइकै स्टुडियोमा काम गरेको थिएँ । रिवेलले एल्बम किनिदिएपछि माइतीघरमा ठूलो होर्डिङ बोर्ड राखेर विज्ञापन गर्दा खुशीले सीमा नै थिएन । म एउटा कम्पनी रिजेक्टेड गायक एक्कासी मेरो गीत एफएम रेडियोमा हिट हुन थाल्यो । इमेज, कान्तिपुर टिभीमा बज्न थाल्यो । मलाई रेडियोमा गीत मात्रै बजे पनि कलेजमा हिरो भइन्छ भन्ने रहर थियो तर घट्टेकुलोदेखि रिवेलसम्मको यात्रा गर्दा डिल्लिबजार पुतलीसडकको छेउछाउ अरुले म तिर हेर्दा पनि अलि अर्कै अनुभव हुन थालेको थियो । कसैले मलाई नै पछ्याइरहेको जस्तो लाग्थ्यो । मलाई समाजले नोटिस गरिरहेको छ, फ्यानका अगाडि पैदल हिंड्दा पनि कस्तो नै होला भनेको यस्तो रहेछ भन्ने सोच उनीहरुमा आउँछ र गीत सुन्दैनन् होला जस्तो लाग्थ्यो ।

रिवेलबाट गीत बजारमा आएपछि गीत हिट भयो सुको आएन । किनकी मैले एल्बम कम्पनीलाई बिक्री गरेको थिएँ, मात्र लगानी उठ्यो निर्मातालाई दिएँ आफ्नो गोजी खाली नै थियो । विदेशको कार्यक्रम त कल्पना बाहिरको कुरा थियो । किनकी मेरो गीत सुन्ने मान्छे पहिला त विदेश जानुप¥यो अनि मात्र उ विदेशमा स्थापित बनेपछि बोलाउन सफल हुन्थ्यो ।_MG_2710जिन्दगीमा प्लान गरेको चिज कसैले पनि पाएको छैन । म गायक बन्छु भनेर आएको व्यक्ति होइन । मध्यम परिवार, बाबुआमा पाल्ने, घरखर्च राम्रोसँग चलाउने सोचभन्दा त्यो उमेरमा सोचिएकै थिएन । त्यतिबेला पढ्नकै लागि म काठमाडौं आएको थिएँ । म बीबीएस पढ्दै थिएँ । तर गायक भइसकेपछि हिट भएर मात्र पुग्दो रहेनछ । अहिले पहिलाको जस्तो स्ट्रगल छैन । ४ वटा एल्बम बजारमा ल्याएँ । तर पप गायनको यात्राले थकाइ मारेकोजस्तो लाग्यो र खर्च जुटाउने क्रममा टिभीको क्रेज देखेर हिमालय टिभीको स्थापनासँगै त्यता लागेँ । टिभीको जागिर भनेको धेरै तिक्डम लगाउनेका लागि मात्र रहेछ । सिधा हिसाबले गीतसंगीतका लागि मात्र गर्छुभन्दा त्यहाँ नहुने रहेछ । अहिले महोत्सवहरुका लागि पप गायक भनेका अप्सनका लागि हुन्छ भने ठेकेदारी र चाप्लुसी प्रवृत्ति हावी हुँदा स्थापित गायकहरु नै पछाडि परेका छन् ।

– म्यूजिक खबर पाक्षिकबाट (सुमन बैरागीसँगको कुराकानीमा आधारित)
तस्बिरः नविनबाबु गुरुङ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु