हिसानको सचिवमा नवोदितका अधिकारी

म्यूजिक खबर
प्रकाशित: २ जेष्ठ २०७३, आईतवार

उच्च माध्यमिक विद्यालय संघ (हिसान) को सातौं महाधिवेशनले अध्यक्षमा रमेश सिलवालको अध्यक्षता पाएसँगै नवोदित विद्याकुञ्जका राजेन्द्र अधिकारी पनि केन्द्रीय सचिव पदमा निर्वाचित भएका छन् । सिलवाल गोल्डेन गेट कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् भने अधिकारी नवोदित विद्याकुञ्ज कलेज एण्ड स्कुलका प्रिन्सिपल हुन् ।

hisan team with Rajeddra Adhikari
त्यस्तै हिसानको बरिष्ठ उपाध्यक्षमा हिमालयन हवाइट हाउस कलेजका प्रमुख युवराज शर्मा चुनिएका छन् । उपाध्यक्षहरुमा स्वागत श्रेष्ठ, विनोद साह, धरनिधर अधिकारी, मनिष सिंह, शेरबहादुर गुरुङ, लोकबहादुर भण्डारी छन् । त्यस्तै सचिवमा अधिकारी लगायत हरी लामिछाने, कपिल रेग्मी, रामहरी सिलवाल, दिपेन्द्र भण्डारी, दिपक खनाल निर्वाचित भएका छन् ।

सदस्यहरुमा तिर्थ पोखरेल, दिपक राउत, प्रेमबहादुर भट्टराई, बाबु शाहेब यादव, विद्यामान राजभण्डारी, रामबहादुर अधिकारी, केआर राई, धिरज शर्मा, लालबाबु यादव, बाशुदेव पोखरेल, जयबहादुर श्रेष्ठ, चन्द्र थापा, राधादेवी श्रेष्ठ, लोकनाथ उपाध्याय, बिष्णु खनाल र यमप्रसाद शर्मा छन् ।

हिसानको सचिव पदमा निर्वाचित भएका अधिकारीले अब हिसानमा सबै पक्षलाई मिलाएर अगाडि बढ्न सम्पूर्ण कमिटि लाग्नुपर्ने बताउँदै उच्च माध्यमिक विद्यालयको गुणस्तरलाई मजबुत बनाउन अघि बढ्ने बताएका छन् । म्यूजिक खबर डटकम नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु