उनीसँग भेट्न मन लाग्थ्यो तर बोल्न डर लाग्थ्यो

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

गायक राजु ढकाल नेपाली लोकदोहोरीको क्षेत्रमा चर्चित नाम हो । तनहुँ  जिल्ला बुङकोट गाविसमा जन्मिएका गायक ढकाललाई गायक बन्नको लागि पारिवारिक वातावरण र गाउँले परिवेशले नै प्रोत्साहन गरेको हो । विषेशत लोकले मन पराएको गायक ढकाल आफ्नो देशको पहिचान बोकेको लोकदोहोरी गीत बढी रुचाउने गर्छन् । गायक ढकालसँग म्यूजिक खबरका लागि नारायण ढकाल ले गरेको कुराकानीः

हिजो आज केमा ब्यस्त हुनुहुन्छ ?
म एउटा गीत गाउने मान्छे प्रायजसो यहि गीत संगीतमा नै ब्यस्त हुनेृ गर्छु । बाँकी रहेको समय चाँहि साथीभाई घरपरिवार देश विदेशको प्रोग्राम यस्तै चलिरहेछ ।

गीत संगीतमा लाग्नुको कारण चाँहि ?
म सानु छदा मेरो ममिले खुब मिठो गीत गाउनु हुन्थ्यो म ममिको गीत सुने पछि खुब खुशी हुन्थें । म पनि यस्तै राम्रो गीत गाउन पाए भन्ने भान हुन्थ्यो । पछि अलि अलि गीत गाउदै गएँ । पुजा आजा कहिं बाकी रहँदैन थियो । स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा पनि भाग लिन्थे, जित्थें अनि पुरस्कारहरु पनि पाउथें । बिस्तारै काठमाण्डु आएपछि पनि त्यस्तै भयो । कार्यक्रम हरुमा भाग लिने र साथीहरुले खुब हौसला दिनुहुन्थयो तैँले त सारै मिठो गीत गाइस् तँ त भोली गायक बन्छस् भन्नु हुन्थ्यो र पछि जे सोचेँ त्यो पुरा भयो ।

प्रेररणा चाँही ?
सर्वप्रथम त म मेरो ममिलाई नै दिन्छु यो श्रेय । उहाँबाट नै म आज यो ठाँउमा छु ।

raju dhakal (5)

तनहुँ बाट काठमाण्डौं आएर स्थापित हुन कत्तिको सहज रहेछ ?
गायन पेशा मात्र नभई अरु जुनसुकै पेशा रोजे पनि त्यति सहज छ जस्तो लाग्दैन मलाई । कोहि चिनेको हुँदैन, आफ्नो भन्ने कोहि हुँदैन, के गर्ने, कहाँ जाने त्यस्तै पछि पछि समयले नै सबै सिकायो । समयले नै राजु ढकाल भनेर चिनायो जस्तो लाग्छ र जति पनि दुःख गरियो मेरो बिचारमा त्यो बाच्नको लागि गरियो जस्तो लाग्छ र त्यहि दुःख नपाको भए पनि आज यहाँ सम्म आउन मुस्किल हुन्थ्योकि ?

पहिलो एल्बम चाँहि ?
म आफुले रेकर्ड गरेको डुम्रे दमौली ।

कत्तिको सन्तुष्टि मिल्यो त्यसबाट ?
एकदमै । । । सोचे भन्दा धेरै । र त्यस बाट मले आफ्नो कमि कमजोरी हरु थाहा पाए त्यस पछिको दिन हरुमा मलाई समस्या भएन ।

कमाई पनि भयो कि ?
अहिले र त्यो बेलाको समय धेरै फरक थियो । त्यति बेला आफ्नो मेहनत अनुसारको आम्दानी राम्रैभयो ।

सगीत सिक्नु आवाश्यक रहेछ ?
एकदमै आवाश्यक कुरा हो यहि क्षेत्र रोज्ने हो भने चाँहि मलाई लाग्छ कोहि पनि मान्छे केहि नसिकी सफलता हात पार्न सक्छ जस्तो लाग्दैन र सेल्फ् स्टडी देखि दक्ष अनुभवि गुरुहरुसँग सिक्नुनै पर्छ र म पनि सिकेर नै आएको हुँ ।

संगीत के हो ?
संगीत एउटा नशा नै हो जुन बिना बाँच्नलाई असम्भव छ । दुः ख र सुखको समिश्रण हो संगीत । न यसको कुनै रङ्ग छ नत जातनै । जिवित प्राणीको प्राण हो संगीत ।

raju dhakal (8)

अहिले सम्म कति गीत गाइयो ?
आफ्नो नाम बाट त धेरै छैन तर अन्य सर्जकहरुले राजु ढकालले राम्रो गीत गाउँन सक्छ जतिसुकै रेञ्जको होस् गाउन सक्छ, भन्नुहुन्छ । स्वर पनि मन पराइदिनु भएको छ त्यसैले सर्जकहरुको सयौँ गीतमा स्वर भर्ने अवसर पाएको छु ।

देश विदेश महोत्सबहरु कत्तिको हात पर्छन् ?
साँच्चै भन्नु पर्दा अहिलेको कलाकारको बाच्ने आधार भनेको नै त्यहि त हो नि । अनि आयोजकहरुले पनि यो राजु ढकालले राम्रो लाइभ दोहोरी गाउँछ भन्नु हुन्छ अनि ब्यस्त नै भइराखेको हुन्छु । विदेशको यात्रा पनि राम्रो नै भएको छ । फेरी केहि समय पछि पनि जाँदैछु ।

प्रसङ्ग बदलौं यति स्मार्ट मान्छे लभ गरियो होला नि ?
हे हे….. मेरो नि मन नै त होनि । लभ गरियो पछि लभम्यारीज नै गरेको हो । अन्तिममा चाहि पञ्चे बाजा घन्काएर बिहे गरेको हो । आफुलाई मायाँ गर्ने आफुले खोजे रोजे जस्तो जीवन साथी बनाउने मन कस्लाई नहोला र ? सयौँ मध्येमा एक रोजे जस्तो लाग्छ । अहिले जुन अवस्थामा छु मेरो उनको  पनि ठुलो साथ र सपोर्ट छ र उनी पनि लाखौँ दर्शक श्रोताको मनमा वस्न सफल भएकी छिन देवि घर्ति मगर ।

लभ गर्दाको अनुभव ?
हे हे हे उनि सँग भेट्न मन लाग्थ्यो तर बोल्न डर लाग्थ्यो हामी दुबै जना त्यस्तै हुन्थ्यौ डरले ।

अन्र्तर जातिय विवाह गर्नु भएछ केहि समस्या पर्दैन ?
अहिलेको परिस्थितिमा हामी आफैंले शुरुनगरे कसले गर्ने त ? माया को जात न धर्म नि ? दुवै जनाले मन पराएपछित सक्किगो नि । र मेरो परिवार बुझ्ने हुनुनुन्छ र घरमा कुरा राख्दा पनि तेरो जीवन तंैले चलाउने हो तेरो इच्छा छ भने हाम्रो कुनै रोक तोक हुन्न बाबु हामी खुशी छौँ र कहिले पनि समस्या आएन र त्यस्तो अर्को जात भन्ने फिलिङस नै आएन ।

भनेपछि दुवैजना गायक गायिका स्टेज प्रोग्राम सँगैहुन्छ होला नि ?
कहिले सँगै त कहिले अलग । दर्शक श्रोताको अनुरोध अनुसार हिंड्नु पर्यो नि । दर्शकको चाहना अनुसार जसलाई बोलाउँदा ठिक ठान्नुहुन्छ उसै र हामी सम्झन्छोँ जसलाई बोलाउदा पनि एउटै हो ।

गीत संगीत बाट मात्रै बाच्न सकिन्छ ?
गीत संगीतको सदुपयोग गर्न जान्नु पर्यो बाँच्ने अबस्था पक्कै हुन्छ ।

संगीत को बजार खस्किएको भनिन्छ नि ?
नेपाली सांगीतिक बजार खस्किएको अवश्य हो । तर म के भन्छु भने अहिलेको बजारमा फाइदा बेफाइदा दुबै छन् । कतिपय कलाकारले यहि क्षेत्रबाट जिवीकोपार्जन गरिरहेका छन् । विश्व घुम्न पाउनु भएको छ । सञ्चार सँगै संगीत पनि एउटै भएको छ । हिजो रेडियो टेलिभिजनबाट हिट हुन्थे, एल्बमहरु बिक्री हुन्थे तर अहिले गीतसंगीतको बजार झन् विस्तार भएको छ । विश्वमा रहेका नेपालीहरुले नेपाली गीतसंगीत सजिलै सुन्न पाएका छन् । हो पहिले बिक्री हुन्थ्यो तर अहिले बिक्री भएको छैन तर प्रविधिको माध्यमबाट पाउने फाइदा त पाएकै छन् नि ।

पहिले अहिलेको संगीत ?
पहिला रेडियो टेलिभिजनबाट गीतहरु हिट हुन्थे तर अहिले अनलाईन, यूट्यूब लगायत सामाजिक सञ्जालबाट गीत हिट हुन थालेका छन् । रेडियो टेलिभिजनमा गीत बजेर हिट हुने अवस्था अहिले छैन । अहिले प्रविधिले बजार विस्तार गरेका छ । सामाजिक सञ्जालहरुमा गीतहरु हिट हुँदै गइरहेका छन् । गीत सुन्ने र हेर्ने जमात प्रविधिको सदुपयोग गरिरहेका छन् ।

पाइरेसी भयो भन्छन नी ?
हामी आफैँ सर्जकहरु प्रोमोशनको लागि भनेर युट्युबमा राख्छौँ त्यहि माध्यम बाट सर्जकले सुन्दा कसरी पाइरेसी भन्ने ? पाइरेसी भन्दा पनि हामी आफुहरुले जुन डिजिटल प्रविधि छ नि त्यसलाई कसरी राम्रो तरिका बाट सदुपयोग गर्ने भन्ने हुन्छ त्यस तर्फ ध्यान दिए राम्रो हुने थियो ।

raju dhakal (1)

अवार्डहरु जति पनि हुन्छन् नि ? कत्तिको सन्तुष्टि हुनुहुन्छ ?
हो अवार्ड हुनु धेरै राम्रो कुरा हो त्यो भनेको त हाम्रो लागि त पर्व नै हो नि । जस जस्ले अवार्ड पाए पनि हाम्रो भन्दा पनि राम्रोले पाउनु पर्यो । त्यो नै सबै भन्दा ठुलोकुरा हो । मेरो हकमा म सन्तुष्टिनै छु ।

अन्त्यमा के भन्न चाहानु हुन्छ ? दर्शक श्रोता हरुलाई ?
दर्शक श्रोताहरुको मायाको कारण म यो ठाउँमा आइपुगेको हो । जति पनि नेपाली गीत संगीतलाई माया गर्ने प्रेमिहरु हुनुहन्छ हाम्रो होइन राम्रो लाइ माया गरिदिनुस् । हाम्रो मूल्याङ्कन हामीले गर्ने होइन हजुरहरुले नै गर्ने हो । नेपाली गीत संगीत बचाउनका निम्ती पनि हजुहरुको ठुलो हात छ सधंै यसरीनै माया गरिराख्नु होला र यस म्युजिक खबरले पनि यसरी नै गीतसंगीतको क्षेत्रमा दिएकाृे सम्मान सदैव अतुलनिय रहने छ मलाई केहि कुरा गर्ने मौका दिनु भयो धेरै धेरै धन्यवाद । जय गीत जय संगीत ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु