यसरी मनाइन् सन्जुले जन्मदिन (फोटो फिचर)

म्यूजिक खबर
प्रकाशित: ३ फाल्गुन २०७३, मंगलवार १६:१८

काठमाडौ, फागुन ३ । प्रेम दिवसको पुर्व सन्ध्यामा लोकदोहोरी गायन क्षेत्रमा प्रतिभाशाली गायिका सन्जु न्यौपानेले २३ औं जन्मदिन मनाएकी छिन् । फागुन २ गते एकाविहानै आराध्यदेश पशुपतिको दर्शन गरेर उनले जन्मदिनको खुशीयाली शुरु गरिन् । पशुपति दर्शनका लागि पहेंलो रङ्गको कुर्ता सुरुवालमा गएकी उनले साँझ बर्थडे पार्टीको आयोजना गरेकी थिइन् ।sanju neupaneबर्थडे पार्टीमा लाइट ग्रिन कलरको गाउनमा सजिएकी सन्जुको बर्थडे पार्टीमा थुप्रै नाम चलेका कलाकार, पत्रकार तथा इष्टमित्र र आफन्तले उनलाई उपहार र जन्मदिनको शुभेच्छा दिएका थिए । बसुन्धारा स्थित ओसिस क्याफेमा आयोजना भएको सो समारोहमा निकै खुशी देखिएकी सन्जुले उपस्थित पाहुनाहरुलाई केक समेत खुवाएकी थिइन् । जन्मदिनको शुभकामना दिन आएका शुभेच्छुकलाई उनले पार्टीको आयोजना गरेकी थिइन् ।

sanju cutting birthday cake

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चन्द्र शर्मा, प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष पिएन सापकोटा, संगीतकला पत्रकार संघका अध्यक्ष सुमन पण्डित, निर्देशक शंकर वि.सी, म्यूजिक खबरकी सम्पादक सविता पोखरेल, गायक राजु ढकाल, बिमल परियार, राजेन्द्र कँडेल, गायिका पूर्णकला वि.सी., सरला थापा लगायतका कलाकारहरुको उपस्थिति थियो । त्यस्तै सन्जुको जन्मदिन मनाउन उनका आफन्त र इष्टमित्रहरुको उपस्थिती पनि निकै बाक्लो थियो ।

प्रतिभाशाली गायिका सन्जुको गलामा थप निखारता आओस्, उनले गरेका कामहरु चर्चित र लोकप्रिय बनुन्, म्यूजिक खबरको तर्फबाट जन्मदिनको लाखौंलाख शुभकामना ।
हेर्नुहोस् फोटोहरु :

Sanju-NEUPANE

bimal-pariyar

 

Chandra-sharma

 

purnakala-bc

 

Shankar bc

 

suman-bairagi

raju-dhakal

SANJU-SINGER

 

sabita-pokhrel

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु