पोखरा । क्रब आजी सिङ्दी तमु समाजले आफ्नो युवा क्लबसँगको सहकार्यमा शनिबार पोखरामा गरेको रक्तदान कार्यक्रममा ३२ युिनट रगत सङ्कल भएको छ ।
क्लबका अध्यक्ष किरण गुरुङको अध्यक्षतमा भएको कार्यव्रmमको नेपाल रेडव्रmस सोसाइटी, कास्कीका ध्रुवमणि लामिछानेले समाजका कोषाध्यक्ष हाइकुमारी गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गर्नुृभएको थियो । प्रमुख अतिथि लामिछानेले रक्तदान महादान मात्र नभई दाताको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
क्लबकी सचिव सपना गुरुङको सञ्चालन र पूर्व अध्यक्ष योप्रसाद गुरुङको स्वागतमा भएको कार्यव्रmममा समाजका अध्यक्ष रामसुबा गुरुङले रक्तदातालाई प्रशंसापत्र वितरण गर्नुभएको थियो । समाजले मानव सेवाका क्षेत्रमा विभिन्न कार्यव्रmम गर्दै अघि बढेको क्लबका पूर्व सचिव टङ्कप्रसाद गुरुङले जानकारी दिनुभयो ।