• प्रतिष्ठानको खिल्ली उडाउँदै कट्टुमाथि बुट्टा

    म्यूजिक खबर
    प्रकाशित: ३ भाद्र २०७४, शनिबार

    भाद्र ३, काठमाडौं । यतिखेर बजारमा चर्चाको विषय बनेको छ कट्टुमाथि बुट्टा । तिजको बेलामा सबै साडी चोलोमा सजिने गरे पनि यहाँ कट्टु माथि बुट्टा गीतले भने प्रतिष्ठानकै खिल्ली उडाइरहेको देखिन्छ । बजारमा हल्ला चल्ने गरेको छ गीत भनेको त कट्टुमाथि बुट्टा जस्तो हुनुपर्छ । त्यतिमात्र कहाँ होर अब साडी फ्याँकिदिए हुने भयो भनेर उडाउने पनि गरिन्छ ।

     

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नयाँ कार्यसमिति चयन भएको एक वर्ष पनि पुगेको छैन । बद्री पंगेनीको नेतृत्वमा आएको कार्यसमितिले सपथ ग्रहणसँगै नेपाली समाजमा विकृति ल्याउने गीतसंगीतलाई बन्देज लगाउनेदेखि समाजमा पाच्य नहुने गीतलाई कार्यसमितिका कुनै पनि पदाधिकारीले नगर्ने कसम खाएका पनि थिए । केही समय केही गीतमाथि त्यस्तो नियम पनि लागू भयो । तर अहिले भने कट्टुमाथि बुट्टालाई प्रतिष्ठानकै कार्यसमितिले राम्रो बनाइदियो । यो गीतको गायिका पूर्णकला बिसी प्रतिष्ठानकै सदस्य हुन् । निर्देशक शंकर बिसी प्रतिष्ठानकै सचिव हुन् भने मोडल पार्वती राई पनि प्रतिष्ठानकै सदस्य हुन् । उनीहरुले सपथग्रहणसँगै खाएको कसमको खिल्ली कट्टुमाथि बुट्टाले उडाइरहेको छ ।


    तिजको अवसरमा कस्तो गीत चाहिँ तिजको हो, कुन रत्यौली, कुन झ्याउरे हो भनेर चर्चा चलिरहेको र मौलिकताको विषय उठिरहेको अवसरमा यो गीतले छोटो समयमा धेरै चर्चा पाउनुमा चाहिँ कट्टुकै कमाल हो । कुनै बेला ज्योति मगरका गीतहरुले अश्लिलता पस्कियो भनिरहेकै बेला यो गीतका शब्द व्यंग्यात्मक शैलीमा भए पनि थेगोले भने कसम खानेहरुको कसम तोडेको अवस्था छ । तिज गीत भन्ने ठाउँ त परै जाओस्  यसलाई नै लोकदोहोरी भनेर हामीले स्थान दिनुपर्ने अवस्था आएको छ । जय लोकदोहोरी ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु