• गीतकार खतिवडा र पौडेलसँग सहकार्य गर्दै बल्लभको संयोग

    म्यूजिक खबर
    प्रकाशित: १४ फाल्गुन २०७५, मंगलवार ०१:४८

    काठमाडौं । गीतकारद्वय चेतन खतिवडा र कमल पौडेलको शब्द रचनामा रहेको आधुनिक गीति एल्वम संयोग सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रम बीच संयोगलाई सार्वजनिक गरिएको हो ।
    एल्बमलाई बरिष्ठ कवि रत्न शम्शेर थापा, बरिष्ठ गायक प्रेम ध्वज प्रधान, बरिष्ठ संगितकार शक्ति बल्लभ श्रेष्ठ, पुर्व अर्थमन्त्रि एस पि कोईराला लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

    एल्बममा जिन्दगी अझै जिउने आश लाग्ने गर्छ, सपना देख्न छोडीसके, तिमीले दिएकोे आलै छ घाउ, झरनाबाट झरेको पानी बोलका लगायत दशवटा गीतहरु समेटिएका छन् । गीतमा लोकप्रिय गायक आनन्द कार्की, सत्य राज आचार्य, स्वरुप राज आचार्य, शिशिर योगी, सुमित खड्का लगायतले स्वर दिएका छन् भने गायिका बानिका प्रधान, प्राश्ना शाक्य, मिलन नेवार, मान्डबी त्रिपाठीको स्वर रहेको छ । गीतमा बरिष्ठ संगीतकार शक्ति बल्लभ श्रेष्ठको सङ्गीत रहेको छ ।

    कार्यक्रममा एल्वमका रचनाकार कमल पौडेलले स्वागत मन्तव्य राखेका थिए भने अर्का गीतकार चेतन खतिवडाले एल्बम निर्माण प्रक्रियामा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा, पुर्व अर्थमन्त्रि एसपी कोइराला, वरिष्ट कवि तथा गीतकार रत्न शम्शेर थापा र बरिष्ट गायक प्रेम ध्वज प्रधानले शुभकामना मन्तव्य राखेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु