सरु गौतम र धुब्र विश्कोको स्वरमा रहेको गीत ‘मेरो प्रेम प्रस्ताब’ सार्वजनिक भएको छ । कुमार कटुवालको शब्द, दीपक शर्माको सङ्गीत र नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । देवेन्द्र पाण्डेको निर्देशन र कोरियोग्राफ रहेको गीतको भिडियोमा शिल्पा पोखरेल र दिक्पाल कार्कीलाई फिचर्ड गरिएको छ । उत्सव दाहालको छायाँकन र शाहिल खाँनको सम्पादन रहेको गीतको भिडियोलाई गीतकार कुमार कटुवालले निर्माण गरेका हुन् ।त्स