
काठमाडौं । गायिका कोपिला गौतम र गायक कृष्ण रेउलेको दोहोरी गीत कदम छायाँले सार्वजनिक भएको छ । नेपालककै चर्चित नृत्य रियालिटी शो बुगीवुगीकी पहिलो विजेता कविता नेपाली र छमछमीका विजेता सरोज प्रजा उक्त दोहोरी गीतको म्यूजिक भिडियोमा एकैसाथ देखिएका छन् । उनीहरुले ‘कदम छाँयाको’ म्यूजिक भिडियोमा नृत्य गरेका छन । उनीहरुलाई सँगै नचाउने काम निर्देशक गम्भिर विष्टले गरेका हुन । सविता र सरोजसँगै गम्भीरले पनि दोहोरीमा नृत्य गरेका छन । भिडियोको कोरियोग्राफी सुवोल थापाले गरेको हुन् ।
कदम छाँयाको’मा गायिका कोपिला गौतम र कृष्ण रेउलेको स्वर रहेको छ भने गीतको शव्द गायक रेउलेकै रहेको छ । गीतको संगीत तथा एरेन्ज गोविन्द मधुर आचार्यको रहेको छ ।