काठमाडौं । मंसिरको महिना विवाहको लगनको महिना मानिन्छ । विवाहको छेको पारेर कलाकारहरु पनि पञ्चेबाजाको गीत बजारमा ल्याउने गर्छन् । अझ भन्नु पर्दा यो मङ्सिरको महिना बिशेष गरी बिबाह सम्बन्धि पन्चेबाजाका धुनसंगै लगन गाँस्नेको महिना हो । यही मेसोमा लोक दोहोरी गायक बिरबल ढकालले पन्चेबाजा ‘झ्यालको पर्दा’ बजारमा ल्याएका छन् ।
झ्यालको पर्दा गीतमा बिरबल ढकाल र शान्ति श्री परियारको सुमधुर आवाज रहेको छ भने गीतमा रमेश बीजी र काजिबाबु अर्यालको शब्द रहेको छ । गीतको सङ्गीत बिरबल ढकालको नै रहेको छ ।
यस गीतमा लोक क्षेत्रका सर्वप्रिय मोडल शंकर बिसी र अन्जली अधिकारीको अभिनय रहेकोे छ । भिडियोको निर्देशन शंकर बिसीको नै रहेको छ भने छायांकन दुर्गा पौडेलले गरेका छ्न् । भिडियोको सम्पादन नबिन घर्तीले गरेका छ्न् । मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीत छोटो समयमा लोकप्रिय हुँदै गइरहेको छ । गीतको बजार ब्यबस्थापन गोर्खा चौतारी म्युजिकले गरेको छ।