काठमाडौं । अमर स्रष्टा खेमराज गुरुङ ट्रष्टले हरेक वर्ष वार्षिक पुण्यतिथिको अवसरमा स्रष्टा सम्मान तथा प्रतिभा पुरस्कार यस वर्ष संगीतकार शिला बहादुर मोक्तान र गीतकार टीका चामलिङलाई प्रदान गरिने भएको छ ।
ट्रष्टले मोक्तानलाई मोक्तानलाई नगद ५० हजारसहित सम्मान–पत्र–प्रदान गर्ने भएको हो भने संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य गीतकार चामलिङलाई २० हजार नगदसहित प्रतिभा पुरस्कार प्रदान गरिने भएको हो ।
यस कार्यक्रममा सिक्किमका पूर्वमन्त्री एवं गायक गुरुङका सहोदर दाजु गर्जमान गुरुङको पनि उपस्थिति रहनेछ । ट्रष्टले आगामी भदौ १० गते नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा हुनेछ ।
ट्रष्टले वरिष्ठ गीतकार रत्नसम्शेर थापा (२०७४), वरिष्ठ संगीतकार प्रकाश गुरुङ (२०७५), वरिष्ठ जनपक्षीय गायक रामेश (२०७६), वरिष्ठ गायक दीप श्रेष्ठ (२०७९) र भक्तराज आचार्य (२०८०) लाई सम्मान गरिसकेको छ ।
त्यस्तै प्रतिभा पुरस्कारतर्फ गायिका मेलिना राई, गायक ओमप्रकाश राई, गायक सुसन लामा, गायक भविन ढुंगाना र गीतकार तुलसी बस्नेतलाई प्रदान गरिसकेको छ ।