• साहित्यकार राधेश्याम लेकालीलाई गुन्जन पुरस्कार

    म्यूजिक खबर
    प्रकाशित: ५ कार्तिक २०८१, सोमबार

    काठमाडौं । गुञ्जन (नारी साहित्यिक संस्था)ले आज साहित्यकार राधेश्याम लेकालीलाई ‘गुन्जन साहित्य पुरस्कार २०८०’बाट सम्मानित गर्‍यो ।

    ‘गुन्जन’की अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एल बी क्षेत्री, वरिष्ठ कवि द्वारिका श्रेष्ठ र वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठले नगद दस हजार राशीसहित सो सम्मान प्रदान गर्नु भएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एल बी क्षेत्रीले ूनारीवादू विषयमा आफ्नो धारणा राख्नु भएको थियो । संस्थाकी महासचिव सुस्मिता नेपालले सञ्चालन गर्नु भएको सो कार्यक्रममा साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु