प्रधानमन्त्री सुशीला कार्कीद्वारा सपथ ग्रहण, सिंहदरबारमा आजै पदबहाली

म्यूजिक खबर
प्रकाशित: २८ भाद्र २०८२, शनिबार ०२:३५

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट कार्कीले शपथ लिएकी हुन् । नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीका रुपमा उनको नाम दर्ज भएको छ । गतसाता युवा पुस्ता (जेन–जी) को आन्दोलनको बलमा तत्कालिन प्रधानमन्त्री केपी ओलीको सरकारलाई पदच्यूत गराएपछि नियुक्त भएकी हुन् ।

नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हुनेछ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज नै सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने भएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु