
काठमाडौं । केदार बरुवाल छेत्रीको स्वरमा ‘मन छोडी हिडे स्वदेशमा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको भिडियोलाई सशान कंडेलले निर्देशन गरेका हुन र साही गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र पछिल्लो समयकी ब्यस्त र चर्चित मोडल सृष्टि खड्काको अभिनय रहेको छ ।
उक्त गीतमा रबि मल्लको शब्द रचना, रहेको छ भने कल्याण सिंहको सङ्गीत र दिनेश श्रेष्ठको एरेन्ज रहेको छ । ‘मन छोडी हिडे स्वदेशमा’ सार्वजनिक गीतलाई नवराज उप्रेतीको छायाँकन रहेको छ भने भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन ।