सयौ वर्ष पुरानो समाजको कथा ‘अझै पनि’

म्यूजिक खबर
प्रकाशित: ९ फाल्गुन २०७७, आईतवार

काठमाडौं । नेपाली समाजमा यथावत रहेको सयौ वर्ष पुरानो कथालाई चित्रण गर्ने क्रममा गीतिकथा ‘अझै पनि’ सार्वजनिक गरिएको छ । गायिका रचना रिमालको स्वरमा रहेको यो गीतिकथालाई नाटकमा खारिएका, पोख्त कलाकारहरुको जीवन्त अभिनय रहेको छ । आयुष्मा घर्ती मगरको शब्द सिर्जना र बीबी अनुरागीको संगीत सिर्जनामा रहेको यो गीतको मिक्सिङ र मास्टरिङ दिवस मगरले गरेका छन् ।
२६ मिनेटको गीति कथालाई संगीतकार बीबी अनुरागीको जन्म ठाउँ बाग्लुङ भकुन्डेको सेरोफेरो मा छायांकन गरिएको छ । भिडियोमा त्यहीका स्थानीय बाल कलाकारहरुलाई समेत अभिनय गराइएको छ ।

भिडियोको निर्माण ओम लम्सालले गरेका छन् भने अडियो व्यवस्थापन सुमन श्रापितले गरेका हुन् । यस भिडियोको छायाँकन सन्नी देशारले गरेका छन् । स्क्रिप्ट र निर्देशन सहलेशले गरेका छन् भने भिडियोको सम्पादन भूमिगत अवशेषले गरेका छन् । भिडियोमा आयुष्मा घर्तीमगर, रोय, सुरज, जेनिशा, स्मृति, उमा, सन्जीव, उत्तम, रिना, सागर, असिम, प्रेम, अर्जुन, सज्जन, बम सिन्हा, दिप्लभा, उत्सव, मुना रसिला, टिका, सरिता, गंगा लगायतको समूहको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु