अक्षित रिसोर्टमा अंग्रेजी नयाँ वर्ष मनाउँदै रानु र डिजराज

म्यूजिक खबर
प्रकाशित: ११ पुष २०७५, बुधबार

काठमाडौं । सुनकोशी ५ मूलकोट सिन्धुलीमा रहेको अक्षित रिसोर्टमा अंग्रेजी नयाँ वर्षको अवसरमा गायिका रानु निरौला र गायक डिजराज पौडेलले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भएका छन् । उनीहरुले अंग्रेजी नयाँ वर्षलाई भरपूर रुपमा मनोरन्जनपूर्ण बनाउनका लागि अक्षित रिसोर्ट पुग्ने भएका हुन् । साथमा गीतकार दिपकराज पाठक पनि जाने भएका छन् ।

आरामदायी बासस्थानको साथमा नदी तटमा र्याफ्टिङ, विभिन्न परिकारका साथमा मनोरञ्जनपूर्ण वातावरणमा तयार भएको अक्षित रिसोर्टमा पहिलेदेखि नै रुमहरु बुकिङ हुने गर्छन् । राजधानीको धुवाँधूलो र कोलाहलबाट आनन्द लिनका लागि जाने महानुभावहरुलाई लक्षित गर्दै रिसोर्टमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु