गाउँदा गाउँदै स्टेजबाट तल खसेपछि आलिफको स्पष्टिकरण

म्यूजिक खबर
प्रकाशित: ३ मंसिर २०७८, शुक्रबार

काठमाडौं । गत कार्तिक २७, २८ र २९ गते नवलपुरमा ‘एकादशी धार्मिक मेला’ सम्पन्न भयो । सांस्कृतिक तथा धार्मिक संरक्षणका लागि भएको मेलामा राष्ट्रिय कलाकारहरुले प्रस्तुति समेत दिएका थिए । महोत्सवमा आफ्नो प्रस्तुति राख्ने क्रममा सुमधुर आवाजका धनी गायक आलिफ खान स्टेजबाट तल खसे ।
एकादशी धार्मिक मेलामा पुगेका आलिफ गीत गाउँदा गाउँदै तल खसेका हुन् । उनी तल खसेपनि आफैैं सम्हालिए, गीत गाइनै रहे । तर समय यस्तो छ हरेकको हातमा मोबाइल अनि मोबाइलमा क्यामेरा । केहि लडेजस्तो हुँदा मात्र पनि उनको भिडियो कैद गरियो । अनि भिडियो बाहिरियो । बाहिरिएसँगै चर्चा पनि उतिकै भयो । कारण १५ सेकेण्डका टिकटक सामाग्रीको बर्चश्व । उनको प्रस्तुति रहेको लामो भिडियोलाई काटेर जहाँ र जतिबेला लडे त्यो भाग मात्र काटियो र टिकटकमा हालियो । त्यसपछि त शुरु भयो चर्चा । यतिबेला उक्त क्लिपले सामाजिक सन्जाल विशेषतः टिकटकलाई तताइरेको छ । कसैले आलिफलाई दोषी देखे । कसैले आयोजकलाई । तर त्यहाँ आलिफको दोष त छँदै थिएन । गीत गाउँदै जाँदा स्टेजको एक छेउमा पुगे । छेउमा स्टेजको लेबलमै मिलाएर कार्पेट ओछ्याइएको थियो । त्यहाँ उनको खुट्टा पर्यो अनि तल झरे । तल झरेर पनि आफूलाई सम्हाले । गीत गाइनै रहे ।

तर, उक्त प्रसंग र क्षणलाई ठुलो इस्यु नबनाउन आलिफले अनुरोध गरेका छन् । आलिफ भन्छन् – ‘लडे त लडे के भयो ? आखिर लड्ने क्रम त सानैदेखि हुने होइन र ? म लडेर पनि उठेको छु । आफ्नो कर्तव्य र धर्म निर्वाह गरेको छु । उक्त घटनालाई मैंले सानो कुरा मानेको छु भने अरुले किन यो कुरालाई ठुलो मान्नु पर्ने । त्यहाँ मेरो दोष छँदै थिएन । अलिकति स्टेज र कुर्सीले धोका दिएको हो । तर पनि त्यो कुराले असर पुगेन । आयोजकले नियतवश गर्ने कुरै भएन । किनभने तोकिएको पारिश्रमिक भन्दा बढी उहाँहरुलाई मलाई पे गर्नुभयो ।’
उनले सामाजिक सन्जाल फेसबुक मार्फत पनि यो विषयमा स्पष्टिकरण दिइसकेका छन् । पढ्नुहोस आलिफले यो विषयमा लेखेको हुबहु भनाई –

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु