गीतकार अमर वान्तुको नयाँ सिर्जना ‘काठे भाकैले’

म्यूजिक खबर
प्रकाशित: ३२ असार २०७९, शनिबार
Amar Bantu

काठमाडौं । गीतकार तथा कवि अमर वान्तुको नयाँ गीत ‘काठे भाकैले’ सार्वजनिकसँगै चर्चामा पनि छ । गीतकार वान्तुका शब्दमा सन्तोष श्रेष्ठको संगीत रहेको छ । गीतमा तारावीर पाण्डे, अस्मिता अधिकारी, सन्तोष श्रेष्ठ र सहिमा श्रेष्ठको स्वर रहेको छ । गीतको संगीत संयोजन राजु कार्कीले गरेका छन् । गीतको अडियोको मिक्सिङ तथा मास्टरिङ भने प्रकाश मिश्रले गरेका छन् ।

गम्भिर विष्टले निर्देशन गरेको डान्सिङ शैलीको गीतको भिडियोमा आर्यन खरेल र सजिना श्रेष्ठलाई फिचरिङ गरिएको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ । ‘सबै मिहिनेतबाट एउटा राम्रो गीत र यसको भिडियो बनेको छ, अब यसको जिम्मा स्रोता तथा दर्शकलाई दिएको छु, गीतकार वान्तुले भने । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।

गीतकार अमर बान्तुका ‘अमर भावना’, ‘अमर भावना–२’ एल्बम तथा ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) संग्रह बजारमा आइसकेको छ । त्यसो उनका फुटकर कविता तथा गीतहरु दर्जनौं रेकर्ड भइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु