• लण्डनको चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’मा नेपाली मोडल अनिता लिम्बु

    म्यूजिक खबर
    प्रकाशित: २९ जेष्ठ २०७८, शनिबार
    anita-limbu नेपाली मोडल अनिता लिम्बु

    काठमाडौं । लन्डन निवासी नेपाली मोडल अनिता लिम्बूले बहुचर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो ‘सिक्रेट क्रस’मा सहभागिता जनाएर धेरैको मन जित्न सफल भएकी छन् ।

    सामाजिक सञ्जाल इन्टग्राममा उनको कौशल देखेर आयोजक टिमले नै उनलाई रियालिटी शो मा भाग लिन आग्रह गर्दै सम्पर्क गरेको थियो । आयोजकको आग्रहपछि उनी अडिसनमा सहभागी हुँदै कार्यक्रममा सहभागी हुन पुगेकी हुन् ।

    उक्त रियालिटी शो आई टिभी टू च्यानलमार्फत गत हप्ता प्रसारण भएको छ । आई टिभी हबमार्फत उक्त कार्यक्रम जुनसुकै समयमा पनि हेर्न सकिनेछ । नेपालको ताप्लेजुङ जिल्लामा जन्म भइ इटहरीमा हुर्केकी उनले सानै उमेरदेखि मोडलिङ र डान्सिङमा दिलचस्पी राख्ने गरेकी थिइन् ।

    नेपालमा कक्षा १२ सम्मको अध्ययन सकाएर अध्ययनकै शिलशिलामा यूके गएकी उनले बेलायतमा ब्यूटी थेरापी सम्बन्धी अध्ययन पूरा गरिसकेकी छिन् । बर्हिगमको एक फेशन शोबाट मोडलिङ शुरू गरेकी उनले अक्सफोर्ड फेशन विक र लण्डन फेशन शोमा पनि भाग लिइसकेकी छिन् ।

    यस्तै अनिताले लण्डनमा आयोजना हुने प्राय फेसन–शो तथा मिस च्यारिटी लगायतका व्युटी कन्टेस्टहरुमा समेत भाग लिएर विभिन्न टाइटल अवार्ड जितिसकेकी छन् । ५ फिट ७ इञ्च उचाईकी अनिता डान्समा पनि अब्बल रहेकी छन् ।

    लण्डनमा हुने विभिन्न च्यारिटी शोहरुमा डान्स गरेर धेरै सहयोग जुटाइसकेकी छन । उनले धेरै नेपाली म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु