“ज्यानमाया”मा अन्जली र हिमांशुको जोडी ( भिडियो )

म्यूजिक खबर
प्रकाशित: ९ आश्विन २०७६, बिहीबार

काठमाडौं । नृपेश उप्रेतीले बिगत लामो समय देखि युकेमा बसेर नेपाली गीत संगीत, साहित्य र पत्रकारितामा आफ्नो कलम चलाउदै आएका छन । गीतकार , गजलकार र संगीतकारका रुपमा आफ्नो परिचय बनाएका उप्रेतीका गीत र गजल सोर्ता र दर्शक माझ लोकप्रिय छन । नेपाली गीत संगीतलाई मनै देखि माया गर्ने उप्रेतीले दशैँ तिहारको रमाइलो मौसमलाई अझै रमाइलो बनाउनको लागि “ज्यानमाया” बोलको गीत सार्वजनिक गरेका छन । यस गीतमा स्वर लोकप्रिय गायक प्रमोद खरेलको छ भने नृपेश उप्रेतीको शब्द र संगीत रहेको छ । गीतको संगीत संयोजन पुरुषोत्तम सुबेदीले गरेका हुन् ।

“ज्यानमाया” बोलको म्युजिक भिडोयोमा पछिल्लो समय गलबन्दी गीतबाट चर्चामा रहेकी नायिका अन्जली अधिकारी को साथमा टिकटकबाट चर्चित बनेका हिमांशु कार्कीले अभिनय रहेको छ । प्रबिन थापाको निर्देशन गरेको म्युजिक भिडियोलाई, बासु बरालले छायांकन गरेका हुन् भने शक्ति प्रज्वल घिमिरेले सम्पादान गरेका हुन् । यस गीतबाट आफु निकै आशावादी रहेको र दर्शक स्रोता बाट राम्रो प्रतिक्रियाको अपेक्षा राखेको गीतकार उप्रेतीले बताएका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु