‘क्याप्टेन’ को दुई पोस्टर सार्वजनिक, यस्ता देखिए अनमोल !

म्यूजिक खबर
प्रकाशित: २४ मंसिर २०७५, सोमबार

अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’ को दुई पोस्टर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको पोस्टरमा अनमोल नेपालको जर्सी लगाएर खेलाडीको रूपमा देखिएका थिए । सार्वजनिक नयाँ दुई पोस्टर मध्य एकमा अनमोल एक्लै फिचर्ड छन् भने अर्कोमा अनमोलको साथमा अभिनेता सुनिल थापा र प्रशान्त ताम्राकार फिचर्ड छन् । आउँदो फागुनमा प्रदर्शन मिति तय गरेको ‘क्याप्टेन’ चलचित्रको पहिलो गीत यही बिहीबार सार्वजनिक हुने निर्माण पक्षले बताएको छ । यस अघि चलचित्रले धेरै पटक आफ्नो प्रदर्शन मिति पोसपोण्ड गरिसकेको छ ।

सुपर काजल फिल्मस्को ब्यानरमा बनेको चलचित्रलाई अभिनेता भूवन केसीले निर्माण गरेका हुन् । चलचित्रलाई ‘एश्वर्य’ निर्देशक दिवाकार भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोलको साथमा उपासना सिंह ठकुरी र प्रियङ्का एमभीको मुख्य भूमिका रहेको छ । यी दुई नायिका यसै चलचित्रबाट सिनेनगरीमा डेव्यु गर्दैछन् । त्यस्तै चलचित्रमा विल्सन विक्रम राई, राजाराम पौडेल, सरोज खनाल, सुर्यमाला खनाल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

 

 

चलचित्र ‘साइली’ को रमाइलो गीत ‘नाच माया’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘साइली’ को पहिलो गीत ‘नाच माया’ सार्वजनिक भएको छ। जिएच इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानलबाट गीत आइतबार सार्वजनिक भएको हो। हेमन्त रानाको स्वर र कालीप्रसाद बाँस्कोटाको सङ्गीत रहेको ‘साइली’ गीतमा बनेको चलचित्रको ‘नाच माया’ बोलको गीतमा स्वर हेमन्त रानाको रहेको छ। गीतमा सङ्गीत सुशान्त गौतमको रहेको छ भने गीतको शब्द हर्क साउदले लेखेका हुन्। गीतमा चलचित्रका मुख्य कलाकार नायकद्वय गौरव पहारी र दयाहाङ राई तथा नायिका मेनुका प्रधानलाई देखाइएको छ।

चलचित्रलाई ’कबड्डी’ फेम निर्देशक रामबाबु गुरुङले निर्देशन गर्नेछन् । ‘साइली’को कथा पनि निर्देशक गुरुङ आफैले लेखेका हुन् । चलचित्रमा हेमन्त, गौरव, अजय पोखरेल, विशाल गुरुङ, मोहन थापाको संयुक्त लगानी रहेको छ । चलचित्र चैत्र १५ गतेबाट प्रदर्शनमा आउने छ।सर्वाधिक चर्चित गीत ‘साइली’ लाई अब चलचित्रको पर्दामा देख्न पाइने भएको छ । ‘साइली’को बिषयवस्तु लाई समेटेर चलचित्र निर्माण गर्ने घोषणा भएको छ । राजधानीमा एक कार्यक्रमका बीच मुख्य कलाकार गौरब पहारी र मेनुका प्रधान रहने गरि चलचित्रको निर्माण घोषणा गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु