रबिको ‘प्रिय मान्छे’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १७ बैशाख २०७६, मंगलवार

आफ्नो जन्मदिनको अवसर पारेर मोडल अनुराग ठकुरीले सोमबार उनी अभिनित गीतको भिडियो सार्वजनिक गरेका छन् । बिगत पाँच बर्ष देखि नेपाली मोडालिङ र अभिनयमा सफलता हातपारेका अनुरागले करिब ४५ ओटा भन्दा बढी गीतका भिडियोमा अभिनय गरिसकेका छन भने थुप्रै गीतका भिडियोमा निर्देशन पनि गरिसकेका छन् । बैशाख १६ गते बागलुङ्गको सर्कुवामा जन्मेका अनुरागले नेपाली गीतका भिडियोहरुमा आफुलाई पोख्त बनाईसकेका छन् । आफूलाई कुसल डान्सर भन्न रुचाउने अनुरागको डान्सको स्टेपले थुप्रै भिडीयोहरु चर्चित पनि बनेका छन् । सार्वजनिक गरिएको  ‘प्रिय मान्छे’ बोलको गीतमा अनुरागसँगै मोडल श्रेया कार्की लाई पनि फिचर गरिएको छ । नेपालको मुस्ताङ र आसपास छायाँकन गरिएको यस गीतमा गायक रबि मल्लको शब्द/सङ्गीत र स्वर रहेको छ । भिडियोलाई सुरज ईण्टरटेण्टमेण्टले निर्देशन गरेको र सुरज खनालले क्यामेरा र सुप्रिम पराजुलीले सम्पादन गरेका छन्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु