नेपाली कथानक चलचित्र ‘मेरो दिल छ पोखरामा’ को छायाँकन सोमबार बाट हुदैँ

म्यूजिक खबर
प्रकाशित: ३० भाद्र २०७६, सोमबार

काठमाडौं । बिजि बर्मा फिल्मसको ब्यानरमा हुने नेपाली कथानक चलचित्र “मेरो दिल छ पोखरामा“ बन्ने भएको छ । त्रिकाणात्मक प्रेम कथामा आधारित रहेर चलचित्र निमार्ण गरिएको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी घायलले बताए । कला राईको प्रस्तुतीमा निमार्ण गरिने चलचित्रमा समाज भित्रका विभिन्न कथाहरुलाई माथी उठाउने निमार्ण पक्षले बताएको छ । रामकृष्ण कडेँलको छायांकन ,देव महर्जन को द्वन्द ,राजन महर्जन को नृत्य पुरुषोत्तम न्यौपाने, शंकर अधिकारी घायलको संगीत ,दिपेन्द्र खड्का , शंकर अधिकारी घायलको गीत ,नित्याशिवा, पुरुषोत्तम न्यौपाने , बिजय अधिकारी र ममता रानाको अवाज रहने छ । पोखरा र काठमाडौ को आसपास मा छायांकन हुने चलचित्रमा “मेरो दिल छ पोखरामा“मा रोशन बिसि, रन्जु रन्जना र राजु पौड्याल , कला राई, दिपक राई, लक्ष्मी श्रेष्ठ ,गङा कुवरको अभिनय रहने भएको छ । आगामी फागुनको अन्तिम साता बजारमा रिलिज गरिने भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु