शब्द, संगीत र स्वरको उत्कृष्ट सङ्गम: ‘माझी बनेर आयौ’

म्यूजिक खबर
प्रकाशित: २४ पुष २०८०, मंगलवार
Babina Bhattarai

हारेको थिएँ जीवन देखि, जीत बनेर आयौ !
आलो नै थियो यो मनको घाऊ, मलम बनेर आयौ !
डुबेथे मेरा आँसुमा नयन, माझी बनेर आयौ !

गीतकार सुनिता प्रसाईंको शब्द रचनामा हालै सार्वजनिक गीत ‘माझी बनेर आयौ’ का यी शब्दले प्रेम समर्पणको स्तरलाई दर्शाएको छ । प्रेमको महत्वलाई झल्काएको छ । सांगीतिक क्षेत्रमा गायिकाको परिचयले स्थापित भइसकेकी बबिना भट्टराईको कर्णप्रिय स्वरले सजिएको यस गीतमा बबिनाले नै मीठो सङ्गीत समेत भरेकी छिन् ।

यो गीत गायिका बबिना भट्टराईको युट्युब च्यानल मार्फत जनवरी ३ मा ९५ दिन अगाडि० सार्वजनिक गरिएको हो । गीत सार्वजनिक भएसँगै बबिनाको स्वरसँग र सङ्गीतको समेत प्रंशसा भएका कमेन्टहरु प्राप्त भएका छन् । यसो त बबिनाले पछिल्ला कृतीहरुमा स्वरसँगसँगै सङ्गीत पनि भर्दै आएकी छिन् । तथापी यो गीतमा उनको स्वर जतिकै सङ्गीतले पनि पनि चर्चा कमाएको छ । उसैगरि गीतकार सुनिता प्रसाईंका शब्दलाई पनि उस्तै तारिफ गरिएको छ । न्यूज र कमेन्टका आधारले भन्न सकिन्छ गीति लेखनमा सुनितालाई पनि यो गीतले स्थापित गराउने छ ।

साहस शाक्यको संगीत संयोजन रहेको उक्त गीतमा नकुल कार्कीले रेकर्ड गरेका हुन् । यस गीतमा प्रकाश खरेलले मिक्सिङ मास्टरिङ रहेको छ । स्टुडियो भर्सनको भिडिओलाई जस्केलो क्रियसनले निर्माण गरेको हो । भिडियोमा गायिका तथा संगीतकार भट्टराई र गीतकार सुनिता प्रसाईंलाई नै देखाइएको छ ।

गीतले प्रेमको परिभाषा बोलको छ । एक प्रेमीकाले प्रेमीलाई समिपमा पाएपछिको चरम आनन्दलाई गीतका शब्दले व्याख्या गरेको छ ।
गीतका हरफहरु –
पल पल हरेक पल, तिमी सधैं यादमा छौ।
सच्चा प्रेम तिमीमा पाएं, मेरा सबै पिर भुलाई दियौ।
म दुःखदा तिमी , दुःखदछौ कस्तो जादु लिएर आयौ।
डुबेथे मेरा आँसुमा नयन माझी बनेर आयौ।

मुटु भरी छ माया, म कहिल्यै भुल्नै सक्दिनँ।
तिमी भित्रै हराउँछु हरपल, अन्त म डुल्नै सक्दिनँ।
म रुँदा तिम्रो आँखा रसाउँछ, कति प्रेमील बनेर आयौ।
डुबेथे मेरा आँसुमा नयन, माझी बनेर आयौ ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु