• नवराज बने यस वर्षको ‘सर्वोत्कृष्ट गीतकार’ !

    म्यूजिक खबर
    प्रकाशित: २३ भाद्र २०७५, शनिबार

    भाद्र २३, काठमाडौं । क्यापिटल इभेन्ट्सले हरेक वर्ष बिभिन्न विधामा प्रदान गर्ने नेशनल क्यापिटल अवार्ड मध्ये ‘सर्वोत्कृष्ट गीतकार’ (पप विधा) नवराज पोखरेल ‘सुमन’ले चुम्न सफल भएका छन् । सुमनले ‘पिउँछु म त पहाडको चिसो पानी’ बोलको गीतबाट अवार्ड हात परेका हुन् ।

    नेपाल पर्यटन बोर्डको सभागृहमा बिशिष्ट व्यक्ति, कलाकार तथा पत्रकार माँझ आयोजित कार्यक्रममा बिभिन्न ३५ बिधामा अवार्ड वितरण गरिएको थियो । लाईफटाइम एचिभमेन्टको सम्मान बरिष्ठ संगीतकार दिपक जंगमले लाई गरिएको थियो भने कला पत्रकारको सम्मान गीता अधिकारीलाई गरिएको थियो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु