एकैदिन भद्रकलाको नेपालमा ‘माया’ सार्वजनिक , हङकङमा ‘एकल साँझ’ सम्पन्न !

म्यूजिक खबर
प्रकाशित: ३० पुष २०७५, सोमबार

गीतकार भद्रकला आङ्बुहाङ राईको नयाँ एल्बम ‘माया’ सार्वजनिक भएको छ । राजधानीमा एक भव्य कार्यक्रमका बीच एल्बम विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सङ्गीतकार एवं सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बास्कोटा, वरिष्ठ गीतकार डा. कृष्णहरि बराल, उन्नति बोहरा ‘शीला’, सङ्गीतकार राजु सिंह, संगीतकार लक्ष्मण शेष र पत्रकार राजाराम फुँयालले संयुक्त रुपमा एल्बम लोकार्पण गरेका थिए ।
‘माया’ गीति एल्बममा ‘मैले मायाले दिएको चिनो, मैले तिमीलाई मन पराएकै हो, एक्लोपन महसुस गर्दैछु, भुल्यौ कि मलाई, ए माया किन हो नबोलेको, मखमली पछ्यौरी गुन्युचोली, मायाको मीठो बोली, यो मुटुमा चोट लाग्दा, तिमी फूलबारीमा मात्र र बाध्यताले टाढा भए’ शीर्षकका १० गीत सङ्ग्रहित छन् ।

एल्बमका गीतमा बादल लिम्बू, सुरेश अधिकारी, वसन्त सापकोटा र राजिव साहको सङ्गीतमा राजेशपायल राई, स्वरुपराज आचार्य, प्रमोद खरेल, दीपक लिम्बू, अन्जु पन्त, बादल लिम्बू, रजिना रिमाल, निखिता थापा, टंक लिम्बू र प्रविशा अधिकारीले स्वर दिएका छन् । गीतकार भद्रकलाको यो दोस्रो एल्बम हो । यसअघि उनलले ‘अजम्बरी’ गीति एल्बम ल्याइसकेकी छिन् ।


प्रमुख अतिथी शम्भुजित बास्कोटाले गीतकार भद्रकलाको गीति लेखनको खुलेर तारिफ गरेका थिए । सांगीतिक यात्राका क्रममा हङकङमै परिचित बनेको बताउँदै भद्रकलाको गीति लेखन र समाजसेवाबाट आफु प्रभावित भएको बताएका थिए । त्यस्तै अतिथी डा. बरालले पनि भद्रकलालाई ‘माया’ एल्बमको सफलताको शुभकामना दिएका थिए । अतिथी उन्नती बोहोरा शिलाले भने महिला गीतकार भन्दा बढी सशक्त गीतकारको रुपमा आफुले चिनेको बताउँदै भद्रकलालाई बधाई तथा शुभकामना दिएकी थिइन् ।

विगत आधा दशकदेखि नेपाली गीति लेखनमा अग्रसर रहँदै आएकी भद्रकलाले विदेशी भूमि हङकङलाई कर्मथलो बनाईरहेकी छिन् । यसर्थ उनी कार्यक्रममा उपस्थित हुन सकिनन् । तथापी यता नेपालमा आफ्नो एल्बम विमोचनको कार्यक्रम गरकै दिन उता हङकङमा ‘भद्रकला एकल साँझ’ गरिएको छ । जहाँ उनका एकल रचनाका गीतहरुको प्रस्तुति राखिएको थियो । कार्यक्रममा राजेशपायल राई, बादल लिम्बू र प्रविशा अधिकारीले भद्रकलाका एकदर्जन गीत प्रस्तुत गरेका थिए भने भद्रकलाकै गीतमा मरिश्का पोख्रेल र सोनिका रोकायाले नृत्य प्रस्तुत गरेका थिए । पैसाको अभावमा आवश्यक उपचार नपाएर छट्पटाइरहेका केहि विरामीहरुको सहयोगार्थ सो एकल साँझ गरिएको हो ।

कुशल गीतकारका स्थापित भइसकेकी उनी एक सक्रिय सामाजिक अभियन्ताका रुपमा समेत क्रियाशिल रहँदै आएकी छन् । परदेशमा रहँदा पनि घरदेशकै समस्याप्रति सधैं चासो राख्छिन् । सकेको साथ सहयोग पनि गर्दै आएकी छिन् । समाजसेवामा निरन्तर लाग्ने भद्रकला बताउँछिन् ।

 

 

नेपाल सांगीतिक संघ को १९ औं साधारणसभा सम्पन्न !

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु