समाज र समय अनुसारको गीत भागिरथ र सुनिताले ल्याए ‘व्यवहार बिग्रेर’

म्यूजिक खबर
प्रकाशित: २० माघ २०८०, शनिबार

काठमाडौं । पछिल्लो समयको समाजमा व्याप्त भएको परिवेश र परिस्थितिलाई मध्यनजर गर्दै गायक भागिरथ चलाउनेले नयाँ गीत लिएर आएका छन् ‘व्यवहार बिग्रेर’ । गीतमा लेनदेनको कारोबारबाट बिग्रिएपछि बैंक र सहकारी धाउनुपरेको र त्यहाँबाट पनि तनाव सिर्जना भएको कुरा उल्लेख गरिएको छ । आर्थिक कारोबारमा अरुको समस्या समाधान गर्दै जाँदा आफैं समस्यामा परेको र परिवार धान्न मुस्किल भएको कुरा उल्लेख गरिएको छ । गीतले समयसान्दर्भिक वस्तुस्थितिको चित्रणसमेत गरेको छ ।

‘व्यवहार बिग्रेर’ गीतलाई कल्याणरत्न कार्कीले शब्द तथा संगीत सिर्जना गरेका छन् । गायक भागिरथ चलाउने र गायिका सुनिता बुढा क्षेत्रीले स्वर दिएको ‘व्यवहार बिग्रेर’ गीतको संगीत संयोजन भने श्यामश्वेत रसाइलीले गरेका छन् ।

‘व्यवहार बिग्रेर’ गीतको म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । भिडियोको छायाँकन राम केसी र सुनिल भण्डारीको रहेको छ भने सम्पादन टेकेन्द्र शाहले गरेका छन् । भिडियोमा अनिता बस्नेत र कल्याणरत्न कार्कीले मुख्य भूमिका निर्वाह गरेका छन् । भिडियोलाई खाँडादेवी फिल्म्सबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु