सखी प्रतिष्ठानले मनायो २०८ औं भानु जयन्ती

म्यूजिक खबर
प्रकाशित: २९ असार २०७८, मंगलवार

काठमाडौं । २०८ औं भानु जयन्तीको अवसरमा आज २०७८ असार २८ गते सखी प्रतिष्ठानले डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा विशेष कवि गोष्ठीको आयोजना गर्यो । सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिलको अध्यक्षतामा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि गुन्जनका अध्यक्ष एवं वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक रहनु भएको थियो ।

सो कार्यक्रममा अमेरिकाबाट आउनु भएका साहित्यकार गोविन्द गिरि प्रेरणालाई विशेष सम्मान गरियो । सो सम्मान प्रमुख अतिथि हिरण्यकुमारी पाठक, अध्यक्ष मन्जिला अनिल र सल्लाहकार राधेश्याम लेकालीले गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न कविहरुले आआफ्नो कविता वाचन गरेका थिए । आफ्नो मन्तव्यसहित कविता वाचन गर्नेहरुमा कवि एवं समालोचक तथा भानु प्रतिष्ठानका सचिव रमेश शुभेच्छुक, सखी प्रतिष्ठान कार्यसमितिका सदस्य कवि शान्ति रिसाल, अमेरिकाबाट आउनु भएका कवि नीता श्रेष्ठ रहनु भएको थियो ।

यसैगरी कविता वाचन गर्नु हुने अन्य कविहरुमा क्रमशः गोविन्द गिरि प्रेरणा, मधु पाठक, नीशा के.सी., शशी थापा पण्डित, इलु शर्मा आदि रहनु भएको थियो ।

सो कार्यक्रमना आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा र कविता वाचन गरिएको थियो । कार्यक्रममा सखी प्रतिष्ठानका सल्लाहकार एवं साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली र वरिष्ठ साहित्यकार, गोविन्द गिरि प्रेरणा (अमेरिका)ले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

यसैगरी प्रमुख अतिथि वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक र आयोजक सस्था सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिलले पनि आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

यसअगि पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गर्दै आदिकवि भानुभक्त आचार्यको तस्वीरमा प्रमुख अतिथि हिरण्य्कुमारी पाठकले माल्यार्पण गर्नु भएको थियो भने सस्थाका उपाध्यक्ष कमला रिसालले गीत गाउनु भएको थियो ।

कार्यक्रममा साहित्यकारहरु सुशीला देउजा, ज्ञानन्द्री कैनी, प्रतिष्ठानका कोषाध्यक्ष मेनका लामा कार्यसमिति सदस्यहरु राधा भण्डारी, ईश्वरी लामा याचकी, नीशा रिमाललगायत आरती राना, हेमा शर्मा, रितु सुवेदी, सुमित्रा अधिकारी आदिको उपस्थिति रहेको थियो ।

यसैगरी कार्यक्रममा महासचिव एल्सा झाले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको संचालन सस्थाका सचिव रुपा पौडेलले गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु