• चर्चा ‘उजेली जुनेली’ को

    म्यूजिक खबर
    प्रकाशित: ८ श्रावण २०८०, सोमबार

    काठमाडौं । नेपाली लोकगीत क्षेत्रकी चर्चित गायिका भूमिका गिरीको नयाँ मौलिक तिज गीत यति बेला सामाजिक सन्जालमा निकै भाइरल छ । उक्त गीत अहिले युट्युव, टिकटक, फेसबुक, इन्ट्राग्राम जस्ता प्लेटफार्महरुमा अत्याधिक रुचाईएको छ ।
    वैदेशिक रोजगारमा बसेर फर्किएकी चेली र त्यहाँ भोगेका कथाव्यथालाई ‘उजेली जुनेली’ नामक उक्त तिज गीत मार्फत देखाइएको छ ।

    सार्वजनिक भएको केही दिनमा नै यस गीतमा सामाजिक सन्जालहरुमा लाखौँ भ्युज पुगेको छ भने दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । मोडलिङ तथा गायनमा उत्कृष्ट प्रतिभा भएकी गिरी स्टेज ‘क्विन’ को रुपमा चिनिन्छिन् । उनलाई स्वदेश तथा विदेशमा हुने सांगितिकि कार्यक्रममा जान भ्याइ(नभ्याइ हुने गर्छ । सानै उमेरदेखि कला क्षेत्रमा लागेकी उनको दर्जनौँ गीतहरु निकै चर्चित छन् ।

    गीतमा चर्चित गायिका गिरी सँगै सुनिता बुढा क्षेत्रीले पनि स्वर दिएकी छिन् । गीतमा नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको लय संगित रहेको छ । वैदेशिक रोजगारीका लागि जान बाध्य हुने नेपाली समाजको युवा पुस्ताको वास्तविक चित्रण भएको गीतको म्युजिक भिडियोमा स्मृति तिलिल्सीना ”गुरुआमा” ले निर्देशन र नविन घर्ती मगरले सम्पादन गरेका हुन् । भिडीयोेमा भुमिका गिरी, पुजन घिमिरे र दीप सागर फिचर्ड छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु