५१३ प्रतिस्पर्धीलाई उछिन्दै विवेकले जिते ‘युगल पोट्रेट फोटोग्राफि प्रतियोगीता २०२१’ को उपाधि

म्यूजिक खबर
प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार
photography contest ‘युगल पोट्रेट फोटोग्राफि प्रतियोगीता २०२१’

काठमाडौं । १८२ औं विश्व फोटोग्राफि दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको ‘युगल पोट्रेट फोटोग्राफि प्रतियोगीता २०२१’ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर हुन् ।

फोटो व्यावसायीहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफिलाई अन्तराष्ट्रियमाझ पु¥याउने उद्देश्यले प्रतियोगीत आयोजना गरिएको फाटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताउनुभयो ।

प्रतियोगीतमा ३८ जिल्लाका ३ सय ६६ जना फाटोग्राफरले पठाएका ५ सय १३ वटा फोटोले सहभागिता जनाएका थिए । प्रतियोगिताको संयोजको रुपमा सिनियर ल्याब टेक्निसियन हरि बहादुर पाण्डे, निर्णायक मण्डलहरुमा संयोजक वरिष्ठ फोटोग्राफर योगेन्द्र जंग बस्नेत, रिपब्लिक अफ ट्रिनेड एन्ड टोबाको का वरिष्ठ फोटोग्राफर जेम्स बि सोलोमन, भारतका फोटोग्राफर किगन डेनिस रहनु भएको थियो ।

कार्यक्रममा माउन्टेन फोटोग्राफिका बादशाह जगदिश तिवारीले यस किसिमका प्रतियोगीता बाट नेपाली फोटोग्राफरहरुको व्यावसायीकतलाई महत्वपुर्ण सहयोग पुग्ने बताउनु भयो । अघिल्लो वर्ष फोटोपसलले कोभिड १९ फोटो प्रतियोगीता जनचेतनामुलक र फ्रन्ट लाईनमा खटिएका डाक्टर, नर्स, सुरक्षाकर्मी, र पत्रकारहरुको सम्मानमा संचालन गरेको थियो ।

फोटो पसलले यो पटक फोटो व्यावसायी र फोटोग्राफरहरुलाई विश्व फोटो दिवसको महत्व र फोटोग्राफरकार सम्मान र फोटोको मुल्याङकन गर्दै क्षमता विकास गराउने र यस प्रतियोगितामा सहभागिहरुलाई निशुल्क तालिमको व्यवस्था गरेको छ । प्रतियोगीताको संचालन कार्यक्रम प्रस्तोता राजाराम गौतमले संचालन गर्नुभएको थियो ।

नोट ः विजेता घोषित भएका विवेक श्रेष्ठको प्रतियोगीतमा उत्कृष्ट भएको फोटो साथमा पठाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु