लोक तथा दोहोरी गायक बिरही कार्कीको अमेरिकाबाट नेपाली चलचित्रमा छलाङ !

म्यूजिक खबर
प्रकाशित: २६ माघ २०७५, शनिबार

नेपाली सांगितिक क्षेत्रमा स्थापित नाम हो, बिरही कार्की जसको नाम सुन्न साथ लोक संगीत पारखीहरुले उनका थुप्रै सिर्जनाहरुको स्मरण गर्दछन् । उनले गरेका अधिकांश गीतहरु मार्मिक छन् । लोक तथा दोहोरी गीतमा जमेका उनै कार्कीले यतिबेला चलचित्रमा छलाङ मारेका छन् । उनले दिनेश सिंह ठकुरी निर्देशीत नेपाली चलचित्र ‘रुमालै छ चिनो’ को ‘आमा नबस्नु पर्खेर’ बोलको गीतमा स्वर तथा संगीत भरेका छन् ।

आगामी फागुन १० बाट रिलिजको तयारीमा रहेको चलचित्र रुमालै छ चिनोको उक्त गीतमा युद्धमा रहेको एक सिपाहीले आफ्नो घरपरिवारलाई सम्झिंदाको पीडा देखाइएको छ । गीतमा शुसान्त कार्की, सन्चिता लुईंटेल र किशोर खतिवडालाई गीतमा देख्न सकिन्छ ।

बिरहीले गाएको उक्त ‘आमा नबस्नु पर्खेर’ बोलको गीतमा संगीत पनि बिरहीकै रहेको छ । गीतका शब्दहरु रेशम थापाले लेखेका हुन् भने एरेञ्ज बिनोद बाजुरालीले गरेका हुन् । गीतलाई बिनोद सापकोटाले खिचेका हुन् भने शिब थारुले म्युजिक भिडियो सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस् :

लोक दोहोरी गीतमा पनि आमा सम्बन्धी गीतमा उनी निकै अगाडी छन् । आमा हुँदै सुरु भएको उनको आमा गीति यात्रा आमा भाग ४ मा पुगेको छ । चाँडै नै आमा ५ पनि ल्याउने लक्ष्य रहेको बताउँदै बिरही भन्छन – ‘ मेरो आमा बित्नु भएको निकै बर्ष भइसक्यो । आमा बित्दा म अभागी ले आमाको सास ,लाश केही भेट्न पाइन हुन त आमाको सम्झनामा मैले गीतहरु गाएको छु सक्दो सेवा गरेको छु । आमाको मायाको अभावले आज पनि म खुशी हुन सकेको छैन । आमाकै नाममा सामाजिक संस्था ‘फुल मायाँ कार्की फाउन्डेसन’ खोलेर सामाजिक काममा पनि जोडिएको छु ।’ चलचित्रमा छलाङ का विषयमा विरही अगाडि भन्छन् – आमा सम्बन्धित गीत लेख्न संगीत भर्न र गाउन भित्री मनदेखि रहर लाग्छ, जागर आउँछ । यहि आमाकै कहानीमा चलचित्रमा पनि काम गर्न पाउनु मेरो सौभाग्य नै हो ।’

यो पनि पढ्नुहोस् :

बिरही कार्कीको सम्पूर्ण आमाहरुमा समर्पित मार्मिक गीत (हेर्नुहोस् भिडियो)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु