• विशालको निर्देशनमा ‘चिसो चिसो बताससँगै’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १० फाल्गुन २०७९, बुधबार

    –सबिता पोखरेल
    काठमाडौं । विशाल गुरुङको निर्देशन रहेको ‘चिसो चिसो बताससँगै’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतको भिडियोमा रमेश दियाली र मुना क्षेत्री, प्रिसिला घिमरेको अभिनय छ।

    अशोक भुजेलले छायांनक तथा सम्पादन गरेको गीतलाई अशोक भुजेलले कोरियोग्राफी गरेका हुन्।

    गीतको भिडियोमा पछिल्लो समय बढ्दो क्रममा रहेको सम्बन्ध विच्छेदसम्बन्धी घटनालाई प्रस्तुत गरिएको छ। त्यस्तै सम्बन्ध विच्छेदले बालमनोविज्ञानलाई कतिको प्रभाव पार्छ भन्ने कुरा देखाउन खोजिएको छ।

    लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको गीतलाई एबि ड्रिम क्रियसन युट्युब च्यानलमार्फत सुन्न सकिन्छ । गीतमा कमल दाहालको शब्द रहेको छ भने राम गुरुङले संगीत भरेका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु