चर्चामा : मन छुने दशैं गीत ‘रिनै रिन’

म्यूजिक खबर
प्रकाशित: २५ भाद्र २०७७, बिहीबार

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं हाम्रो घर आगनीमा बिस्तारै आउँदै छ । चाडबाड नजिकिए सँगै चाडपर्व लक्षित गीतहरू पनि बजारमा प्रस्तुत भइरहेका छन् । यहि क्रममा नेपाली लोक दोहोरी क्षेत्रमा आफनो विशिष्ट पहिचान बनाएका गायक विष्णु खत्रीको ‘रिनै रिन’ बोलको दशैं गीत सार्वजनिक भएको छ । गीतमा बिष्णु खत्री र पुर्णकला बिसीको स्वर रहेको छ भने बिष्णु खत्रीको शब्द, संगीत रहेको छ ।

गीतमा रिनै रिनमा डुबेको परदेशीको वेदना पारिवारिक अवस्था र प्राकृतिक विपति लगायतका विषयवस्तु समावेश गरिएको छ । गीत सार्वजनिक भए लगतै उल्लेखित दर्शक पाएर ट्रेण्डिङमा समेत पर्न सफल भएको छ । ट्रेण्डिङको १३ औं स्थान हासिल गरेको यो गीत यो समाचार तयार पार्दाको समयमा भने १६ औं स्थानमा रहेको छ भने २ लाख ६८ हजार बढी भिउज प्राप्त भएको छ । गायक बिष्णु खत्री युटुयुव च्यानल मार्फत सार्वजनिक गरिएको गीतलाई कमेन्टमा सकारात्मक प्रतिक्रिया मिलेको छ ।


चर्चित निर्देशक कपिल लामाको निर्देशन रहेको गीतमा सुरेश श्रेष्ठको छायांकन, शिव पौडेलको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा ओबी रायमाझी र सारिका केसीको उत्कृष्ठ अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु