सर्वाधिक भोटसहित सिडी विजय अधिकारी भए पहिलो भ्वाइस अफ नेपाल

म्यूजिक खबर
प्रकाशित: २९ मंसिर २०७५, शनिबार

काठमाडौं । नेपालको ठूलो टेलिभिजन रियालिटी शो ’भ्वाइस अफ नेपाल’को पहिलो नेपाल संस्करणमा सिडी विजय अधिकारीले जितेका छन् । शुक्रबार राति कतारमा भएको फाइनलमा अधिकारीले सबैभन्दा बढी भोट पाएर उपाधि जित्न सफल भएका हुन् । द भ्वाइस अफ नेपालको टाइटल विजेता अधिकारीले २५ लाख नगदसहित कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुर अवसर पाएका छन् । दर्शकले दिएको भोटको आधारमा उनी पहिलो नेपाल आइडल बन्न सफल भएका हुन् ।

कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा द शुक्रबार मध्यरातमा सम्पन्न फिनालेबाट अधिकारी पहिलो भ्वाइस अफ नेपाल बन्न सफल भएका हुन् । उनी टीम दीपबाट विजयी भएका हुन् । चर्चित कलाकार सुन्तलीले अधिकारी पहिलो द भ्वाइस अफ नेपाल बनेको घोषणा गरिन् । सो अघि फिनालेमा पुगेका अधिकारीसँगै चारै प्रतियोगी र उनीहरुका कोचहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

विश्वका १९२ भन्दा बढीहरु सफल प्रसारण भएको यो प्रतियोगिता नेपालमा पनि धेरैको मन जित्न सफल भयो । कम भोट प्राप्त गरेका कारण सिर्जय थपलिया, सप्तक दुर्तराज र कुशल आचार्यको पहिलो भ्वाइस अफ नेपाल बन्ने सपना चकनाचुर भयो । शोमा सनुप पौडेल, दीप श्रेष्ठ, प्रमोद खरेल र अभया सु्ब्बा कोचको भूमिका रहेका थिए । फिनालेमा अभया भने व्यक्तिगत कारण देखाउँदै अनुपस्थित रहिन् । ग्राण्ड फिनालेको लागि नेपालबाट ६८ जनाको जम्बो टोली कतार पुगेको थियो ।


‘दैव हे’ बोलको गीत मार्फत भ्वाइस अफ नेपालको यात्रा प्रवेश गरेका पोखराका अधिकारीले योभन्दा अगाडि पी एन सी आइडल २०१० को विजेता पनि हुन भने उनी खोजी प्रतिभा २ मा प्रथम रनरअप भएका थिए । त्यस्तै प्रथम विग आइकन २०१० मा दोस्रो स्थान हात पारेका अधिकारीले गत वर्षको रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा गायनमा प्रथम स्थान हासिल गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु