‘घरमै बसेर १ मिनेटको भिडियो बनाउनुस् र पैसा कमाउनुस्’

म्यूजिक खबर
प्रकाशित: ८ मंसिर २०७७, सोमबार
celebs sathi

काठमाडौं । पछिल्लो समय सेलिबे्रटीदेखि युवा युवतीहरु बढी टिकटकमा आकर्षित देखिने गरेका छन् । प्रायले १६ सेकेन्डको भिडियोमा टिकटक बनाएर समय बिताइरहेका छन् । तर उनीहरु मनोरञ्जनभन्दा अरु केही पनि गर्न पाएका छैनन् । होला विज्ञापनको शैली अपनाए पनि त्यसबाट पैसा भने आम्दानी गर्न सकेका छैनन् । तर सेलेबसाथी डटकमले भने १ मिनेटसम्मको भिडियो बनाएर पठाएमा सेलीब्रेटीदेखि सामान्य व्यक्तिहरुलाई १ हजारदेखि १ लाखसम्मको आम्दानी आफ्नै बैंक खातामा पठाउने व्यवस्था गरेको छ । जसका लागि सेलेबसाथीसँग आबद्ध भएर गर्न सक्नुहुनेछ । सोही विष्यमा केन्द्रित रहेर सेलेबसाथीका अध्यक्ष राजेश श्रेष्ठसँग गरिएको कुराकानीः

सेलेबसाथी भनेको के हो ?
यो एउटा integrated platform हो । जस्मा सबैप्रकारका कलाकारहरु, गायक लेखक बाद्यबादक, मेकप, क्यामेरा, डाइरेक्टर लगायत पर्दा बाहिर र भित्रका व्यक्तित्वहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरु, मिडिया हाउसहरु विज्ञापन एजेन्सी, विज्ञापनदाता लगायत सम्पूर्ण ख्याती प्राप्त व्यक्ति तथा संस्था आबद्ध हुन सक्नेछन् । यो एउटा डिजिटलाइज्ड गरिएको प्लेटफर्म हो । जसमा अहिले विज्ञापन दिने, विज्ञापन बनाइदिने र प्रचार गर्ने व्यक्ति वा संस्थाबीचको कम्युनिकेशन ग्यापलाई डिजिटल माध्यमबाट बिजनेश रिलेशन गराउने माध्यम पनि बन्ने लक्ष्य लिइएको छ । यो आफैंमा कलाकारहरुको साथी पनि हो ।

सेलेब भन्नाले चलचित्र, संगीत क्षेत्रका कलाकारहरु मात्र नभएर सम्पूर्ण व्यक्तित्वहरु जसले आफ्नै मोबाइलबाट नै भिडियो निर्माण गरेर यस सेलेबसाथी डटकममा पठाउनुहुनेछ । उहाँहरुलाई एकै ठाउँमा ल्याएर उहाँहरुको बारेमा विगतमा गरेका राम्रा कामको बारेमा प्रोफाइलिङ गरेर राख्न्ने प्रक्रिया लाई सेलेबसाथीले अगाडि बढाउन मद्दत गर्नेछ ।

यो कहिलेदेखि र कसरी सुरु भयो ?
यो हामीले २०१८ फेब्रुअरी १० देखि सुरु गरेका हौ । सुरुवाती समयमा यसका विभिन्न कामहरु भएका छन् । पहिला नेपालमा सेलेब्सहरुले कसरी कहाँ कहाँ के–के कामहरु गरिरहेका छन् भन्ने विषयमा जानकारी लिइयो । त्यसपछि कुन कुन कुरालाई डिजिटलाज्ड गर्न सकिन्छ भन्ने कुराको बारेमा अध्ययन गरियो। कुन कुन कुरालाई विद्युतीय माध्यमबाट गर्न सकिन्छ भन्ने विचार विमर्श भयो । यसलाई डिजिटलाइज्ड गर्न सकिन्छ भन्ने निर्णयबाट कामहरु अगाडि बढाइयो । अहिले सिस्टमहरु सबै तयार भइसकेका छन् । बाँकी रहेका कामहरु सँगसँगै सेलेबसाथीलाई पनि परीक्षण गरिरहेका छौं । अब एप्स पनि निर्माण भइरहेको छ । यो नेपालमा पहिलोपटक सुरु भएको डिजिटल प्रविधि हो । कामहरु सुरु भइसकेपछि दिनानुदिन यस प्लेटफर्ममा कलाकारहरु आबद्ध हुँदै गएका छन् । कलिउड र बलिउडका कलाकारहरुको आबद्धता भइरहेका छन् । साथै नेप्स्या ग्रुपले हलिउडका कलाकारहरुसँग पनि सहकार्य गरिरहेको छ । अब छिट्टै नै राष्ट्रिय अन्तर्राष्ट्रिय कम्पनीहरुसँग सहकार्य गर्दै नेपाली कला, ज्ञान, सीपहरुलाई प्रयोग गरी आफ्नो प्रोडक्ट र सर्भिसहरुको विज्ञापन गर्ने विषयमा पनि सेलेबसाथी साथीका रुपमा उपस्थित हुने छ ।

अनि तपाईंहरुले विज्ञापन बन्द गर्न खोज्नुभएको हो ?
हैन, हामीले अहिले नेपालमा कुनैपनी कलाकारहरुले गगरिरहेको काममा बाधा गर्ने कुनै पनि खालको कार्य गर्न खोजेका छैनौं । कुनै पनि विज्ञापन एजेन्सी, मिडिया एजेन्सीहरुलाई बाधा पु¥याउने काम गर्न खोजेका पनि होइनौं । हिजोको दिनदेखि गर्दै आएको कामलाई कुनै पनि प्रकारको बाधा अवरोध गर्न खोजेको पनि होइन । बरु तिनै एजेन्सीहरुलाई सहज तरिकाले कामहरु आदान प्रदान गर्न खोजेका हौं ।
किन सेलेब साथी नै नाम राख्नु प¥यो नि ?
यसलाई नेपालीमा राख्दा सजिलो र मिठो सुनिने भएको हुनाले सेलेब साथी राखियो ।

कलाकारहरुलाई के फाइदा गर्छ ?
यसभित्र धेरै विधाहरुमा संलग्न रहेका कलाकारहरुले काम गरेर आर्थिक लाभ लिन सक्दछन् । साथै कलाकारको एक्ट्रा इन्कम गर्न सक्ने प्लेटफर्म पनि हो यो । सेलेबसाथी डटकममा आबद्ध भइसकेपछि हामी उहाँको कलालाई हेरेर राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा प्रचार प्रसार गर्नेछौं । साना ठूला कामहरु दिलाउनेछौं । जसमा आफ्नो सिप र क्षमताको प्रयोग गरेर उहाँहरुले आर्थिक उपार्जन पनि गर्न सक्नुहुनेछ ।

कलाकारबाहेक यसमा कुन कुन क्षेत्रका मान्छेहरु आबद्ध हुन पाउँछन् त ? कसरी कमाइ गर्न सक्छन् ?
यसमा ख्यातिप्राप्त व्यक्तिहरुदेखि समान्य सबै क्षेत्रका व्यक्तिहरुले कला देखाउन सक्नेछन् । तर विशेषतः सेलीब्रेटीहरुलाई इक्स्ट्रा इन्कमको माध्यम बन्न सजिलो हुनेछ । घरमै बसेर एक मिनेटको भिडियो निर्माण गरेर हामीलाई भाइबर, इमेल, ह्वाट्सएपबाट पठाउन सक्नुहुनेछ । उहाँहरुको भिडियोको क्वालिटी हेरेर हामीले पारिश्रमिक उहाँको बैंक खातामा सिधै पठाउन सक्नेछौं । यसका लागि आफ्नो मोबाइल फोनकै प्रयोग गरेर साथीभाइ आफन्तको जन्मदिन, वैवाहिक वर्षगाँठको शुभकामनादेखि विभिन्न शुभकामना, व्यवसायिक विज्ञापनसमेत गर्न सकिनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु