मौलिकता बोकेको गीत निरोज भट्टको ‘चोली ढाकाले’

म्यूजिक खबर
प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार

काठमाडौं । पछिल्लो समय बजारमा एकपछि अर्को गीत आउने क्रममा ‘चोली ढाकाले’ मौलिकता बोकेर आएको छ । गीतकार निरोज भट्टको शब्द रचनामा चार जना गायक गायिकाको स्वर रहेको यो गीत बजारमा आएको छ । रमेश परियारको संगीत रहेको यो गीतमा गायिकाद्वय देवी घर्ती र अमृता नेपाली, गायकद्वय हरिराम परियार र सचिन भट्टराईको स्वर रहेको छ । कृष्ण केसीको संगीत संयोजन रहेको यस गीतले गाउँघरमा बस्ने रोधीघरको प्रत्यक्ष दोहोरीको झल्को मेटाउने प्रयास गरेको छ ।

चोली ढाकाले गीतको म्यूजिक भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी छन् । भिडियोमा लोमश शर्मा, विपना चुनारा, अर्जुन कुँवरको अभिनय रहेको छ । भिडियोलाई करन चैंसिरले खिचेका हुन् भने प्रकाश धमलाले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु