सोफा हबद्वारा १ लाख राशिको ‘कन्टेन्ट क्रिएटर अवार्ड २०८३’ घोषणा, विजेताका परिवारलाई रोजगारी समेत

म्यूजिक खबर
प्रकाशित: २५ असार २०८३, बिहीबार २२:३४

काठमाडौं । फर्निचर ब्रान्ड सोफा हब काठमाडौंले सिर्जनशील भिडियो निर्माण गर्ने व्यक्तिहरूलाई लक्षित गर्दै ‘सोफा हब काठमाडौं कन्टेन्ट क्रिएटर अवार्ड–भिडियो प्रतियोगिता २०८३’ आयोजना गर्ने घोषणा गरेको छ ।

डिजिटल प्लेटफर्ममार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्न चाहने कन्टेन्ट क्रिएटर, भ्लगर, इन्फ्लुएन्सर तथा भिडियो मेकरहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सोफा हबका प्रबन्ध निर्देशक तारालाल धरेलले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन चाहनेहरूले सोफा हबका उत्पादन, शोरुम, ग्राहक अनुभव वा ब्रान्डसँग जोडिएका विषय समेटेर मौलिक शैलीमा भिडियो तयार गर्नुपर्नेछ । सहभागीहरूले कमेडी, भाइन्स, प्रमोसनल भिडियो, प्रोडक्ट रिभ्यु, शोरुम टुर वा इन्टेरियर डिजाइनसँग सम्बन्धित सामग्री निर्माण गर्न सक्नेछन् ।

प्रतियोगिताका लागि तयार गरिने भिडियो न्यूनतम ३० सेकेन्डदेखि अधिकतम ३ मिनेटसम्मको हुनुपर्नेछ । भिडियोमा सोफा हबको ब्रान्ड, सेवा वा अफरसँग प्रत्यक्ष सम्बन्ध देखिनुपर्ने व्यवस्था गरिएको छ ।

धरेलका अनुसार सहभागीहरूले भिडियो निर्माण गर्दा सोफा हबका काठमाडौंका गोठाटार र वसुन्धरा शाखासहित विर्तामोड, चितवन, हेटौंडा, बुटवल, नेपालगन्ज, पोखरा, धनगढी र महेन्द्रनगरमध्ये कुनै एक आधिकारिक शाखालाई अनिवार्य रूपमा समेट्नुपर्नेछ ।

प्रतियोगीहरूले तयार गरेको भिडियो फेसबुक, इन्स्टाग्राम, युट्युब र टिकटकमा सार्वजनिक (पब्लिक मोड) गरेर अपलोड गर्नुपर्नेछ ।

प्रतियोगिताको मूल्यांकनका लागि चर्चित हास्य कलाकार सन्दीप क्षेत्री र निर्देशक सम्राट अधिकारी निर्णायक मण्डलमा रहनेछन् । विजेताको छनोट सिर्जनशीलता, दर्शकको सहभागिता, ब्रान्ड प्रस्तुति र भिडियोको गुणस्तरका आधारमा गरिनेछ ।

मूल्यांकनमा सिर्जनशीलतालाई ३० प्रतिशत, दर्शकको संलग्नता (भ्युज, लाइक तथा सेयर) लाई ३० प्रतिशत, ब्रान्ड प्रस्तुतिलाई ३० प्रतिशत र भिडियोको गुणस्तरलाई १० प्रतिशत अंकभार दिइने धरेलले बताए ।

प्रतियोगितामा प्रथम हुने सर्जकले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै द्वितीय हुनेले ५० हजार रुपैयाँ र तृतीय हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

भिडियो पठाउने अन्तिम मिति असार ३० गते २०८३ तोकिएको छ भने विजेताको घोषणा साउन १ गते गरिने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु