• ७० वर्षपछि धर्मराज थापाको ‘हरियो भन्नु’ लाई पुनः रेकर्ड, राजु लामाको स्वर (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: २३ फाल्गुन २०७९, मंगलवार

    काठमाडौं । जनकवि केशरी धर्मराज थापाको शब्द, संगीत र स्वरमा रहेको चर्चित गीत ‘हरियो भन्नु’ लाई पुनः रेकर्ड गरी सार्वजनिक गरिएको छ ।

    चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हर्टका गायक राजु लामाको स्वरमा रहेको गीतमा पहिलेको भन्दा थोरै परिमार्जन गरी फिमेल भोकल पनि थपिएको छ ।

    फिमेल भोकलको लागि गीतकार मन्दिरा ढुंगेलले शब्द रचना गरेकी छिन् भने तारा श्रीस मगरको स्वर रहेको छ । जनकवि केशरी थापाप्रति श्रद्धा सुमन अर्पण गर्दै उनको सम्झनामा गीतलाई फेरि रेकर्ड गरिएको हो । उनको परिवारको सहमतिमा म्युजिक नेपालले यो गीतलाई पुनः रेकर्ड गरी बजारमा ल्याइएको म्यूजिक नेपालले जनाएको छ ।

    गीतको भिडियोमा गायक राजु लामा र नायिका मिरुना मगरको अभिनय रहेको छ । सोनाम पाख्रिनको परिकल्पना र निर्देशनमा बनेको भिडियोमा राजेश घिमिरेको सिनेमाटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ ।

    जनकवि केशरी थापाका छोरा मदनराज थापाले ७० वर्ष अगाडि रेकर्ड गरिएको लोकप्रिय गीत अहिलेका युवापुस्तालाई पुनः परिचित गराउन र अग्रज स्रष्टा र सृजनाबारे के कस्तो धारणा र प्रतिक्रिया छ भन्ने जान्नको लागि पनि ल्याइएको बताएका छन् । ‘हरियो भन्नु’ गीत वि.सं २०१० सालमा कलकत्तामा रेकर्ड गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु