चितवन पुगेका धुर्मुस सुन्तलीलाई जनताको भव्य स्वागत

म्यूजिक खबर
प्रकाशित: २० माघ २०७५, आईतवार

चितवन । कलाकारितामा चम्किरहेको अवस्थामा सामाजिक अभियन्ताको रुपमा सक्रिय बनेका बनेका कलाकारद्धय धुर्मुस सुन्तली अर्थात् सिताराम कट्टेल र कुञ्जना घिमिरेको चर्चा दिनप्रतिदिन थपिंदै गएको छ । यतिबेला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेसंगै चर्चाको शिखसमै पुगेका यो चर्चित दम्पती चितवन पुगेका छन् । क्रिकेट रंगशाला निर्माणको घोषणा भएपछि पहिलो पटक धुर्मुस सुन्तली आज चितवन आएका हुन् । चितवनमा उनीहरुलाई जनताहरुले भव्य स्वागत गरेका छन् । चितवनको भरतपुर १५ मा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउँन धुर्मुस सुन्तली जुटेपछि चितवन लगायत देशभरका खेलाप्रेमीहरु दंग छन् ।

भरतपुर विमानस्थलदेखिनै उनीहरुको स्वागतका लागि मानिसहरुको लर्को लागेको थियो । क्रिकेट रंगशाला बन्ने खुसीयालीमा भरतपुरको चौविसकोठीबाट सुरु भएको ¥याली भरतपुरका विभिन्न स्थान हुँदै क्रिकेट रंगशाला निर्माणस्थल रामपुरसम्म पुगेको थियो । धुर्मुस सुन्तलीको स्वागतका लागि घर घरमा घडा राखिएको थियो भने सयौ बिद्यार्थीहरुले ठाँउ ठाँउमा फुलमालाले स्वागत समेत गरेका थिए । आजैदेखि रंगशालाको डिपिआर निर्माणको काम शुरु भएको छ ।

चितवमा रंगशाला बन्ने पक्का भएपछि चितवनबासी , भरतपुर १५ स्थित स्थानीय र देशले नै यतिबेला गर्वका साथ खुसी महसुस गरिरहेका छन् ।  रंगशाला निर्माणको घोषणा गरेपछि धुर्मुस सुन्तलीलाई चितवनबासीले स गौरव भव्य स्वागत गरेका थिए ।

 

यो पनि पढ्नुहोस्

धुर्मुस सुन्तलीले बनाउने भए चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु