• डा.खतिवडा लिखित् २०० हिन्दी गीतको संग्रह ‘कैसा मन मस्ताना प्यारे’

    म्यूजिक खबर
    प्रकाशित: २१ बैशाख २०८१, शुक्रबार

    काठमाडौं । गीतकार डा.हेमन्त खतिवडाको हिन्दी गीतको संग्रह ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित भएको छ । यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई समेटिएको छ । ‘कैसा मन मस्ताना प्यारे’मा दुई सय वटा हिन्दी गीतहरु रहेका छन ।

    गीतहरु प्रेम गीतको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएको छ ।

    ओम प्रकाशन दिल्लीले प्रकाशन गरेको यस कृतिको मुल्य भारु २०० रहेको छ । गतिको बनोट र प्रस्तुतिका जुन तरिका छन ती कलात्मक र बिम्वात्मक छन् । शव्द शव्दमा गहिरो मनोविज्ञान अनौठो तवरले घुलित भएका छन । विवाहको विषयवस्तुमा पनि केहि गीत लेखेका छन ।

    प्रस्तुत पुस्तकमा प्रस्तुत गरीएका गीतहमा प्रेमका विभिन्न स्वरुपहरुलाई विभिन्न आयामहरुबाट ब्याख्या गरिएको छ । सरल र गेयात्मक रुपमा प्रमको विषय समेटिएको यस संग्रह रोमान्टिक गीतहरुको संग्रह नै बन्न पुगेको छ । खतिवडाका दर्जनौ नेपाली गीत चर्चित छन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु