‘माइतीको माया’ले दुर्गा गुरुङलाई यसरी सतायो

म्यूजिक खबर
प्रकाशित: १८ श्रावण २०७६, शनिबार
Durga gugung

काठमाडौं । गायिका दुर्गा गुरुङ भन्ने वित्तिकै ‘टिकिया है मेरो टलटल टलकनलाई’ तिज गीतको सम्झना आउने गर्छ । कुनै बेला गायिका दुर्गा गुरुङ र लक्ष्मी न्यौपानेले गाएको यो गीतले पछिल्लो समय चलचित्र जगतमा पनि निकै चर्चा पायो । एकपछि अर्को गर्दै गीतहरु पस्किँदै जाँदा गायिका गुरुङले दर्जनौं गीतहरु बजारमा ल्याएकी छन् ।

पछिल्लो समय तिज नजिकिँदै जाँदा गायिका गुरुङलाई पनि ‘माइतीको माया’ले सताउन थालेको छ । बर्खे भेलका कारण खोलो तर्न नसकेर चेली माइत जान नपाउँदा मनभरि पीडा लिएर घर फर्कनुको पीडा व्यक्त गर्दै गायिका गुरुङले तिजको गीत बजारमा ल्याएकी छन् । लोकप्रिय सर्जक एवं गायक रामचन्द्र अर्यालको लय संकलनमा लोकप्रिय गायक गणेश गुरुङको शब्द सिर्जनामा बजारमा आएको गीत हो ‘माइतीको माया’ । तेजेन्द्र गुरुङको संगीत संयोजन रहेको यो गीतको म्यूजिक भिडियोलाई क्वालिटी फिल्म्स्ले बजार प्रबद्र्धन गरेको हो ।

उमेश गुरुङको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा गणेश गुरुङ र चन्दा दाहालको अभिनय रहेको छ । मधुर बस्नेतको छायाँकन रहेको यस गीतको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु